Trending
आजपाबाट खस–आर्य महिला तर्फ पहिलो नम्बरमा एलिजा गौतम     |     चौथो अर्थतन्त्र बन्यो भारत     |     ओलीको व्यंग्य- स्यालहरूको मोर्चाले सिंहलाई जित्दैन     |     अनिश तामाङले जिते ‘हिमालय रोडिज’ सिजन ७ को उपाधि     |     एनभीए च्याम्पियनसिप : खिल्जी क्वार्टरफाइनलमा     |     टि–२० विश्वकपका लागि इंग्ल्यान्डको १५ सदस्यीय प्रारम्भिक टोली घोषणा     |     नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्तिबीच पार्टी एकीकरणको सहमति     |     बालेनले भने: म नेपाल हासेको हेर्न चहान्छु     |     रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकता, ७ बुँदे सहमति     |     रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति     |    
कला र मनोरन्जन

आस्था र आस्माको बोल्ड गीत ‘कम्मरै मर्काएर’ सार्वजनिक

१२ श्रावण २०८२, आईतवार २२:२१

काठमाडौं। गायिका आस्था राउतको नयाँ गीत सार्वजनिक भएको छ । आस्थाले ‘कम्मरै मर्काएर’ बोलको गीत आज युट्युब च्यानल म्युजिक नेपालमार्फत सार्वजनिक गरेकी हुन् ।

खुसी र सुखी हुँदै जिउनु पर्छ भन्ने सन्देश दिने गीत डान्सिङ नम्बरमा छ । गीतले जिन्दगी हास्दै, गाउँदै र नाच्दै खुसी भएर बाच्न प्रेरित गर्छ ।मनको रहर साँचेर राख्नेभन्दा पनि पूरा गर्नुपर्छ भन्ने सन्देश दिने गीत साथीसंगीलाई हासेर बोल्न र हासेर जिउन आग्रह गर्छ ।

सुख र दुःख नै जिन्दगीको सत्य भएको भन्ने गीतले दुःख भुलेर हास्न प्रेरित गर्छ । खुसी हुन र हास्न उमेरले नछेक्ने गीतले दिन खोजेको सन्देश रहेको छ । गीतको भिडियोमा आस्मा विश्वकर्माको बोल्ड नृत्य छ । ठूलै संख्यामा कोरस राखेर निर्माण गरिएको भिडियो आकर्षक र स्तरीय छ ।

शान थापाले निर्देशन गरेको भिडियोको कोरियोग्राफी रोशन बिकले गरेका छन् । “गीतजस्तै भिडियो पनि राम्रो बनेको छ । हामीले गीत र भिडियो मेकिङमा कुनै कम्प्रमाइज गरेका छैनौँ,” आस्था भन्छिन्, “सदाबहार गीत छ । तर तीजमा पनि कम्मर मर्काएर नाच्न र गाउन मिल्ने गीत छ ।”

महिलालाई खुलेर जिउन र सुखी हुन गीतले सन्देश दिएको उनी बताउँछिन् । खुसी र सुखी हुँदै जिउनु पर्छ भन्ने सन्देश दिने गीत डान्सिङ नम्बरमा छ । गीतले जिन्दगी हास्दै, गाउँदै र नाच्दै खुसी भएर बाच्न प्रेरित गर्छ । मनको रहर साँचेर राख्नेभन्दा पनि पूरा गर्नुपर्छ भन्ने सन्देश दिने गीत साथीसंगीलाई हासेर बोल्न र हासेर जिउन आग्रह गर्छ ।

सुख र दुःख नै जिन्दगीको सत्य भएको भन्ने गीतले दुःख भुलेर हास्न प्रेरित गर्छ । खुसी हुन र हास्न उमेरले नछेक्ने गीतले दिन खोजेको सन्देश रहेको छ । गीतको भिडियोमा आस्मा विश्वकर्माको बोल्ड नृत्य छ । ठूलै संख्यामा कोरस राखेर निर्माण गरिएको भिडियो आकर्षक र स्तरीय छ । शान थापाले निर्देशन गरेको भिडियोको कोरियोग्राफी रोशन बिकले गरेका छन् ।

“गीतजस्तै भिडियो पनि राम्रो बनेको छ । हामीले गीत र भिडियो मेकिङमा कुनै कम्प्रमाइज गरेका छैनौँ,” आस्था भन्छिन्, “सदाबहार गीत छ । तर तीजमा पनि कम्मर मर्काएर नाच्न र गाउन मिल्ने गीत छ ।” महिलालाई खुलेर जिउन र सुखी हुन गीतले सन्देश दिएको उनी बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्