Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

आस्था र आस्माको बोल्ड गीत ‘कम्मरै मर्काएर’ सार्वजनिक

१२ श्रावण २०८२, आईतवार २२:२१

काठमाडौं। गायिका आस्था राउतको नयाँ गीत सार्वजनिक भएको छ । आस्थाले ‘कम्मरै मर्काएर’ बोलको गीत आज युट्युब च्यानल म्युजिक नेपालमार्फत सार्वजनिक गरेकी हुन् ।

खुसी र सुखी हुँदै जिउनु पर्छ भन्ने सन्देश दिने गीत डान्सिङ नम्बरमा छ । गीतले जिन्दगी हास्दै, गाउँदै र नाच्दै खुसी भएर बाच्न प्रेरित गर्छ ।मनको रहर साँचेर राख्नेभन्दा पनि पूरा गर्नुपर्छ भन्ने सन्देश दिने गीत साथीसंगीलाई हासेर बोल्न र हासेर जिउन आग्रह गर्छ ।

सुख र दुःख नै जिन्दगीको सत्य भएको भन्ने गीतले दुःख भुलेर हास्न प्रेरित गर्छ । खुसी हुन र हास्न उमेरले नछेक्ने गीतले दिन खोजेको सन्देश रहेको छ । गीतको भिडियोमा आस्मा विश्वकर्माको बोल्ड नृत्य छ । ठूलै संख्यामा कोरस राखेर निर्माण गरिएको भिडियो आकर्षक र स्तरीय छ ।

शान थापाले निर्देशन गरेको भिडियोको कोरियोग्राफी रोशन बिकले गरेका छन् । “गीतजस्तै भिडियो पनि राम्रो बनेको छ । हामीले गीत र भिडियो मेकिङमा कुनै कम्प्रमाइज गरेका छैनौँ,” आस्था भन्छिन्, “सदाबहार गीत छ । तर तीजमा पनि कम्मर मर्काएर नाच्न र गाउन मिल्ने गीत छ ।”

महिलालाई खुलेर जिउन र सुखी हुन गीतले सन्देश दिएको उनी बताउँछिन् । खुसी र सुखी हुँदै जिउनु पर्छ भन्ने सन्देश दिने गीत डान्सिङ नम्बरमा छ । गीतले जिन्दगी हास्दै, गाउँदै र नाच्दै खुसी भएर बाच्न प्रेरित गर्छ । मनको रहर साँचेर राख्नेभन्दा पनि पूरा गर्नुपर्छ भन्ने सन्देश दिने गीत साथीसंगीलाई हासेर बोल्न र हासेर जिउन आग्रह गर्छ ।

सुख र दुःख नै जिन्दगीको सत्य भएको भन्ने गीतले दुःख भुलेर हास्न प्रेरित गर्छ । खुसी हुन र हास्न उमेरले नछेक्ने गीतले दिन खोजेको सन्देश रहेको छ । गीतको भिडियोमा आस्मा विश्वकर्माको बोल्ड नृत्य छ । ठूलै संख्यामा कोरस राखेर निर्माण गरिएको भिडियो आकर्षक र स्तरीय छ । शान थापाले निर्देशन गरेको भिडियोको कोरियोग्राफी रोशन बिकले गरेका छन् ।

“गीतजस्तै भिडियो पनि राम्रो बनेको छ । हामीले गीत र भिडियो मेकिङमा कुनै कम्प्रमाइज गरेका छैनौँ,” आस्था भन्छिन्, “सदाबहार गीत छ । तर तीजमा पनि कम्मर मर्काएर नाच्न र गाउन मिल्ने गीत छ ।” महिलालाई खुलेर जिउन र सुखी हुन गीतले सन्देश दिएको उनी बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्