Trending
आजपाबाट खस–आर्य महिला तर्फ पहिलो नम्बरमा एलिजा गौतम     |     चौथो अर्थतन्त्र बन्यो भारत     |     ओलीको व्यंग्य- स्यालहरूको मोर्चाले सिंहलाई जित्दैन     |     अनिश तामाङले जिते ‘हिमालय रोडिज’ सिजन ७ को उपाधि     |     एनभीए च्याम्पियनसिप : खिल्जी क्वार्टरफाइनलमा     |     टि–२० विश्वकपका लागि इंग्ल्यान्डको १५ सदस्यीय प्रारम्भिक टोली घोषणा     |     नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्तिबीच पार्टी एकीकरणको सहमति     |     बालेनले भने: म नेपाल हासेको हेर्न चहान्छु     |     रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकता, ७ बुँदे सहमति     |     रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति     |    
कला र मनोरन्जन

देव नेपालको निर्देशनमा बनेको टेलिसिरिएल ‘घरबार’को पोस्टर सार्वजनिक

२१ श्रावण २०८२, मंगलवार ०८:०३

काठमाडौं । पुराना पुस्ताले बिर्संदै गएका र नयाँ पुस्ताले अझै नदेखेका जीवनका कथाहरु लिएर टेलिसिरिएल ‘घरबार’ आउँदैछ। वास्तविक जीवनका सत्य घटनामा आधारित यो सिरिएलको पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले भाद्र ५ गते बिहिबार रिलिज हुने जानकारी दिएको छ ।

‘घरबार’ टेलिसिरिएलले ६०/७० वर्षअघिको नेपाली समाजको वास्तविकता झल्काउनेछ। पुराना सांस्कृतिक र सामाजिक मूल्य–मान्यताहरु, गाउँघरको जीवनशैली, संघर्ष र आत्मियताका कथाहरु यस टेलिसिरिएलमा समेटिएको निर्माण पक्षको भनाइ छ।

टेलिसिरिएलमा रामकृष्ण बजगाईं, विशाल पहाडी, हिउवाला गौतम, सपना श्रेष्ठ लगायतका पुराना तथा नयाँ कलाकारहरुको दमदार अभिनय देख्न पाइनेछ। टेलिसिरिएलको निर्देशन तथा लेखन देव नेपालले गरेका छन् भने निर्माण दिपेस राज पाण्डेले गरेका हुन । मेकिङ नेपालको ब्यानरमा बनेको टेलिसिरिएल घरबार अफिसिएल युटुब च्यानल मार्फत बजारमा आउने छ। थ्रेटरको मज्जा घरमै बसेर लिन सक्ने सिरिएलर बनेको निर्माण टिमको दावी छ ।

निर्देशक देव नेपालले भने, “‘घरबार’ केवल मनोरञ्जनको लागि मात्र होइन, स्मृतिको धरोहर हो। हाम्रा हजुरबा–हजुरआमाको समयलाई अहिलेका पुस्ताले बुझून् भन्ने उद्देश्यले यो सिरिएल बनाएका हौं। दर्शकले यसमा आफ्नै अंश भेट्नेछन्।”

प्रतिक्रिया दिनुहोस्