Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

गायक पशुपति शर्मा सवार कार दुर्घटना

२२ श्रावण २०८२, बुधबार १७:१२

काठमाडौं। लोकप्रिय गायक पशुपति शर्मा सवार कार स्याङ्जाको भीरकोट नगरपालिका–२ मा दुर्घटना भएको छ ।

बुधबार दिउँसो सिद्धार्थ राजमार्गमा वालिङतर्फ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार अनियन्त्रित भई कल्भर्टमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी बाबुराम न्यौपानेले जानकारी दिए ।

उनका अनुसार कारमा सवार चारै जनालाई ठूलो चोट लागेको छैन । गायक शर्माको देब्रे हातको कान्छी औंला भने भाँचिएको छ । कारमा सामान्य क्षति पुगेको छ ।

गायक शर्मा सांगीतिक कार्यक्रमका लागि स्याङ्जा गएका थिए । दुर्घटना सामान्य भए पनि सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्