Trending
आज यी चार प्रदेशमा वर्षासहित हिमपातको सम्भावना     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर     |     नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप सगरमाथा स्वीमिङ क्लब     |     इंग्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा     |     सल्यानमा दुई सातामा उच्च ज्वरोबाट चारको मृत्यु, ५१ जनामा स्क्रबटाइफस     |     सुर्खेतमा ब्राउनसुगरसहित तीन जना पक्राउ     |     राहदानी सम्बन्धमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन     |     चलचित्र ‘पाँच पाण्डव’ शुभमुहूर्त     |     सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो     |     पश्चिमी वायुको प्रभाव कायमै     |    
खेलकुद

पवन सराफ १५ लाखमा कर्णाली याक्समा अनुबन्धित

२५ श्रावण २०८२, शनिबार १७:५३

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)को जारी अक्सनमा अलराउन्डर पवन सराफ कर्णाली याक्समा १५ लाख रुपैयाँमा अनुबन्धित भएका छन्।

ए’ क्याटागोरीका सराफका लागि कर्णाली याक्स, विराटनगर किंग्स, चितवन राइनोज र लुम्बिनी लायन्सले अधिकतम मूल्यको बोली लगाएका थिए। तर, लक्की ‘ड्र’ को नतिजामा कर्णालीले सराफलाई आफ्नो टिममा भित्र्याउन सफल भयो।

इन्जुरीका कारण पहिलो संस्करणमा अनुपस्थित रहेका सराफ यसपटक कर्णालीको मध्यक्रम मजबुत बनाउन र बलिङ विभागमा सन्तुलन कायम गर्न महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्