Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

एक कारुणिक कथामा ‘बरबरी आँसु’ गीत सार्वजनिक

३० श्रावण २०८२, बिहीबार ०८:१३

काठमाडौं। कवि विप्लव प्रतीकका यी मार्मिक शब्दबाट सुरु भएको बफिन्स ९८ समूहको ‘बरबरी आँसु’ बोलको गीत सार्वजनिक भएको छ।

यस गीतले हजारौँ नेपाली युवाको कारुणिक कथालाई समेटेको छ। रोजगारीका लागि बिदेसिएका नेपाली युवाले भोगेको पीडा र त्यसको भयावह परिणामलाई यस गीतको म्युजिक भिडियोले जीवन्त रूपमा प्रस्तुत गरेको छ।

गरिबी, अशिक्षा र बेरोजगारीको चपेटामा परेका नेपाली युवाहरू आफ्ना साना सपना पूरा गर्न, परिवारको पेट पाल्न र सुनौलो भविष्यको खोजीमा परदेश जान बाध्य छन्। तर, उनीहरूको यो यात्रा अवसरको खोजी मात्र नभई आँसु, पसिना र कहिलेकाहीँ त रगतले लेखिएको दुःखद कहानी बन्न पुग्छ। देशभित्र मौलाएको भ्रष्टाचारले उनीहरूलाई आफ्नै भूमिमा बस्न नसक्ने स्थितिमा पुर्‍याएको छ। यसैले, आफ्नो मायालु आँगन, आमा-बुबाको काख र आफ्नाहरूको साथ छोडेर उनीहरू अनिश्चित भविष्यतर्फ लाग्छन्।

हरेक वर्ष हजारौँ नेपाली युवा रोजगारीको क्रममा विदेशमा ज्यान गुमाउँछन् र उनीहरूको पार्थिव शरीर रातो बाकसमा फर्किन्छ। यस गीतले त्यही रातो बाकसको कथालाई केन्द्रमा राखेको छ, जहाँ आमाले धन कमाउन गएको छोरालाई वर्ष दिन नपुग्दै निर्जीव शरीरमा फर्केको देख्दा भोग्नुपरेको अपार पीडालाई समेटेको छ।

आफ्नो छोराको लास हेर्दै भक्कानिएर रोएकी आमाको वेदनाले हरेक दर्शकको मन छुन्छ। यो गीत केवल शब्द होइन, यो त हजारौँ युवाको मौन चिच्याहट हो, जुन आज पनि हावामा बिलाइरहेको छ।

पछिल्लो साढे दुई दशकदेखि देशभक्तिपूर्ण गीत सङ्गीतका लागि परिचित बफिन्स ९८ समूहले यस गीतको निर्माण गरेको हो। सञ्जीव गुरुङको स्वर रहेको यो गीतको लेखन, भिडियो निर्देशन र सम्पादन जीवन भट्टराई ‘भाइ’ले गरेका छन्। यस गीतको छायाङ्कन विक्रम श्रेष्ठले गरेका हुन् भने तारा शर्मा र रमेश गौतमको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्