Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

मोडल उषा उप्रेती ‘आ बाट आमा’मा अनुबन्धित

३१ श्रावण २०८२, शुक्रबार ०६:२०

काठमाडौं। निर्देशक चन्द्र पन्तको निर्देशनमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘आ बाट आमा’मा मोडल उषा उप्रेती मुख्य भूमिकामा अनुबन्धित भएकी छन्।

बुधबार निर्माण पक्षले उनलाई चलचित्रको एक महत्वपूर्ण चरित्रका लागि औपचारिक रूपमा साइन गरेको हो। यसअघि नै यो चलचित्रका लागि अभिनेता पल शाह, अभिनेत्री सिमरन पन्त, विपना थापा र दक्षिण भारतीय अभिनेता प्रदीप रावत अनुबन्ध भइसकेका छन्।

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने यस चलचित्रको छायांकन आगामी भदौ महिनादेखि सुरु हुने निर्माण टिमले जनाएको छ। चलचित्रको वितरण अधिकार आरआर फिल्म्सले लिएको छ। यसका लागि निर्माण पक्षका प्रतिनिधिहरू र आरआर फिल्म्सका रोहित कट्टेल तथा रत्न श्रेष्ठबीच हालै सम्झौता भएको हो।

मिडिया कोअर्डिनेटर कुमार आचार्यका अनुसार ‘आ बाट आमा’ आउँदो फागुन १५ गतेदेखि देशव्यापी रूपमा प्रदर्शनमा आउनेछ।

प्रतिक्रिया दिनुहोस्