Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

मोडल उषा उप्रेती ‘आ बाट आमा’मा अनुबन्धित

३१ श्रावण २०८२, शुक्रबार ०६:२०

काठमाडौं। निर्देशक चन्द्र पन्तको निर्देशनमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘आ बाट आमा’मा मोडल उषा उप्रेती मुख्य भूमिकामा अनुबन्धित भएकी छन्।

बुधबार निर्माण पक्षले उनलाई चलचित्रको एक महत्वपूर्ण चरित्रका लागि औपचारिक रूपमा साइन गरेको हो। यसअघि नै यो चलचित्रका लागि अभिनेता पल शाह, अभिनेत्री सिमरन पन्त, विपना थापा र दक्षिण भारतीय अभिनेता प्रदीप रावत अनुबन्ध भइसकेका छन्।

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने यस चलचित्रको छायांकन आगामी भदौ महिनादेखि सुरु हुने निर्माण टिमले जनाएको छ। चलचित्रको वितरण अधिकार आरआर फिल्म्सले लिएको छ। यसका लागि निर्माण पक्षका प्रतिनिधिहरू र आरआर फिल्म्सका रोहित कट्टेल तथा रत्न श्रेष्ठबीच हालै सम्झौता भएको हो।

मिडिया कोअर्डिनेटर कुमार आचार्यका अनुसार ‘आ बाट आमा’ आउँदो फागुन १५ गतेदेखि देशव्यापी रूपमा प्रदर्शनमा आउनेछ।

प्रतिक्रिया दिनुहोस्