Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

‘हरिबहादुरको जुत्ता’ को पहिलो गीत ‘बेला बितेसि’ सार्वजनिक

३ भाद्र २०८२, मंगलवार ०६:३८

काठमाडौं। बहुप्रतिक्षित नेपाली चलचित्र ‘हरिबहादुरको जुत्ता’ को पहिलो गीत ‘बेला बितेसि’ सार्वजनिक गरिएको छ । गीतमा गायिका समीक्षा अधिकारी र गायक–सर्जक प्रकाश सपुतको स्वर रहेको छ । शब्द र संगीत पनि स्वयं सपुतकै हुन् भने श्याम स्वेत रसाईलीले मिक्सिङ र मास्टरिङ गरेका छन् ।

मौलिक शैलीमा चिनिएका सपुतले यस गीतमार्फत आफ्नो संगीत यात्रामा नयाँ उचाइ थप्ने प्रयास गरेका छन् । मौसम हिमालीको कोरियोग्राफीमा तयार भिडियोमा प्रकाश सपुत र अभिनेत्री स्वस्तिमा खड्काबीचको प्रेम र सम्बन्धलाई जीवन्त रूपमा देखाइएको छ । छायांकन पवन सुस्लिङ्गले गरेका हुन् ।

चलचित्रलाई दिपेन्द्र के. खनालले निर्देशन गरेका हुन् । फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने र कमलमणि नेपालजस्ता चर्चित कलाकारहरूको अभिनय रहेको छ ।

दशैंको फूलपाती (असोज १३ गते) मा प्रदर्शन हुने तयारीमा रहेको चलचित्र एसएम मोसन पिक्चर्सको ब्यानरमा सरोज ओली र मोहितवंश आचार्यको लगानीमा बनेको हो । छायांकन कृष्ण बहादुर थापाले गरेका छन् भने सम्पादन नहकुल खड्काले गरेका छन् । फिल्मका गीतमा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत समावेश छ ।

प्रतिक्रिया दिनुहोस्