Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

‘परालको आगो’को वर्कसप सुरु

३ भाद्र २०८२, मंगलवार ०६:४६

काठमाडौं। कथाकार गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’ मा आधारित नयाँ फिल्मको औपचारिक वर्कसप आइतबारदेखि सुरु भएको छ ।

निर्माण टिमले सिनेमालाई अझ प्रभावकारी बनाउन कलाकारहरूलाई एउटै स्थानमा भेला गरी अभ्यास सुरु गरेको हो । वर्कसपमा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरु भण्डारी र रेणु न्यौपानेलगायत कलाकार सहभागी छन् । उनीहरूले आफ्ना भूमिकालाई अझ सशक्त बनाउन विभिन्न अभ्यासमा संलग्न छन् ।

निर्माता सुशील पोखरेल र लेखक सुशील देवकोटा पनि वर्कसपमा सक्रिय सहभागी छन् । निर्माता पोखरेलले सिनेमाको गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । फिल्मको निर्देशन लक्ष्मण सुनारले गरिरहेका छन् ।

गीत–संगीतको जिम्मेवारीमा सुरेन्द्र राना, मनबहादुर मुखिया र प्रकाश सपुतका शब्दमा शान्ति ठटाल, सत्य स्वरूप र प्रकाश सपुतले संगीत दिनेछन् । वरिष्ठ संगीतकार शान्ति ठटालसँग दुई महिनाअघि नै उहाँकै निवासमा पुगेर संगीत प्रयोगको स्वीकृति लिइएको निर्माण टिमले जनाएको छ ।

आगामी भदौ २६ गतेदेखि म्याग्दीका सुन्दर स्थानहरूमा फिल्मको छायांकन सुरु हुने भएको छ । सिनेमाटोग्राफी संकल्प भुजेलले गर्नेछन् भने प्राविधिक टोलीमा रामजी लामिछाने (नृत्य निर्देशन), सुलक्षण भारती (स्क्रिप्ट डक्टरिङ), सुशील देवकोटा (पटकथा) र नगेन्द्र घिमिरे (प्रोडक्सन म्यानेजर) रहेका छन् ।

स्मरणीय छ, मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश ‘परालको आगो’ करिब ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले पर्दामा उतारेका थिए, जसले व्यावसायिक सफलता पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्