Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

‘परालको आगो’को वर्कसप सुरु

३ भाद्र २०८२, मंगलवार ०६:४६

काठमाडौं। कथाकार गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’ मा आधारित नयाँ फिल्मको औपचारिक वर्कसप आइतबारदेखि सुरु भएको छ ।

निर्माण टिमले सिनेमालाई अझ प्रभावकारी बनाउन कलाकारहरूलाई एउटै स्थानमा भेला गरी अभ्यास सुरु गरेको हो । वर्कसपमा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरु भण्डारी र रेणु न्यौपानेलगायत कलाकार सहभागी छन् । उनीहरूले आफ्ना भूमिकालाई अझ सशक्त बनाउन विभिन्न अभ्यासमा संलग्न छन् ।

निर्माता सुशील पोखरेल र लेखक सुशील देवकोटा पनि वर्कसपमा सक्रिय सहभागी छन् । निर्माता पोखरेलले सिनेमाको गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । फिल्मको निर्देशन लक्ष्मण सुनारले गरिरहेका छन् ।

गीत–संगीतको जिम्मेवारीमा सुरेन्द्र राना, मनबहादुर मुखिया र प्रकाश सपुतका शब्दमा शान्ति ठटाल, सत्य स्वरूप र प्रकाश सपुतले संगीत दिनेछन् । वरिष्ठ संगीतकार शान्ति ठटालसँग दुई महिनाअघि नै उहाँकै निवासमा पुगेर संगीत प्रयोगको स्वीकृति लिइएको निर्माण टिमले जनाएको छ ।

आगामी भदौ २६ गतेदेखि म्याग्दीका सुन्दर स्थानहरूमा फिल्मको छायांकन सुरु हुने भएको छ । सिनेमाटोग्राफी संकल्प भुजेलले गर्नेछन् भने प्राविधिक टोलीमा रामजी लामिछाने (नृत्य निर्देशन), सुलक्षण भारती (स्क्रिप्ट डक्टरिङ), सुशील देवकोटा (पटकथा) र नगेन्द्र घिमिरे (प्रोडक्सन म्यानेजर) रहेका छन् ।

स्मरणीय छ, मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश ‘परालको आगो’ करिब ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले पर्दामा उतारेका थिए, जसले व्यावसायिक सफलता पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्