Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

‘धुरन्धर’ सेटमा १२० बिरामी, निर्मातामाथि खराब खाना खुवाएको आरोप

५ भाद्र २०८२, बिहीबार १६:५८

एजेन्सी। रणवीर सिंह अभिनित बलिउड फिल्म ‘धुरन्धर’को सेटमा खाना विषाक्तताका कारण १२० जना क्रु मेम्बर बिरामी परे, जसपछि सबैलाई अस्पताल भर्ना गर्नुपर्‍यो ।

फिल्मको छायांकन लेहमा चलिरहेको थियो, जहाँ १७ अगस्टमा ६०० जनाको लागि खाना पकाइएको थियो । खाना खाए लगत्तै १२० जना बिरामी परे र भर्ना गरिएको थियो ।

अस्पतालले लेह प्रहरी, जिल्ला प्रशासन र खाद्य सुरक्षा विभागलाई घटनाको बारेमा जानकारी गराएको थियो, त्यसपछि खानाको नमूना परीक्षणको लागि पठाइएको थियो ।

अल इन्डिया सिने वर्कर्स एसोसिएसनले यस घटनाको कडा अनुसन्धानको माग गरेको छ । संघले फिल्म निर्माता र फाइनान्सरहरूले पैसा बचत गर्न खानाको गुणस्तरमा सम्झौता गर्छन् र अस्वच्छ खाना दिएर कामदारहरूको जीवनलाई जोखिममा पार्छन् भन्ने बताएको छ ।

फिल्म धुरन्धरलाई आदित्य धरले निर्देशन गर्दैछन् । यो फिल्म ज्योति देशपाण्डेले निर्माण गरेकी हुन् र आदित्य धर सह–निर्माता हुन् । फिल्ममा रणवीर सिंह, सारा अर्जुन, संजय दत्त, आर. माधवन र अक्षय खन्ना महत्वपूर्ण भूमिकामा छन् । यो फिल्म डिसेम्बर ५ मा रिलिज हुने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्