Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

‘धुरन्धर’ सेटमा १२० बिरामी, निर्मातामाथि खराब खाना खुवाएको आरोप

५ भाद्र २०८२, बिहीबार १६:५८

एजेन्सी। रणवीर सिंह अभिनित बलिउड फिल्म ‘धुरन्धर’को सेटमा खाना विषाक्तताका कारण १२० जना क्रु मेम्बर बिरामी परे, जसपछि सबैलाई अस्पताल भर्ना गर्नुपर्‍यो ।

फिल्मको छायांकन लेहमा चलिरहेको थियो, जहाँ १७ अगस्टमा ६०० जनाको लागि खाना पकाइएको थियो । खाना खाए लगत्तै १२० जना बिरामी परे र भर्ना गरिएको थियो ।

अस्पतालले लेह प्रहरी, जिल्ला प्रशासन र खाद्य सुरक्षा विभागलाई घटनाको बारेमा जानकारी गराएको थियो, त्यसपछि खानाको नमूना परीक्षणको लागि पठाइएको थियो ।

अल इन्डिया सिने वर्कर्स एसोसिएसनले यस घटनाको कडा अनुसन्धानको माग गरेको छ । संघले फिल्म निर्माता र फाइनान्सरहरूले पैसा बचत गर्न खानाको गुणस्तरमा सम्झौता गर्छन् र अस्वच्छ खाना दिएर कामदारहरूको जीवनलाई जोखिममा पार्छन् भन्ने बताएको छ ।

फिल्म धुरन्धरलाई आदित्य धरले निर्देशन गर्दैछन् । यो फिल्म ज्योति देशपाण्डेले निर्माण गरेकी हुन् र आदित्य धर सह–निर्माता हुन् । फिल्ममा रणवीर सिंह, सारा अर्जुन, संजय दत्त, आर. माधवन र अक्षय खन्ना महत्वपूर्ण भूमिकामा छन् । यो फिल्म डिसेम्बर ५ मा रिलिज हुने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्