Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

कैलाश पर्वत सम्मुखमा छायाङ्कन भएको ‘जय जय शङ्कर’ गीत लोकार्पण

९ भाद्र २०८२, सोमबार १७:५०

काठमाडौं। गायक सुगम पोखरेलको स्वरमा भगवान् महादेवप्रति समर्पित भक्ति गीत ‘जय जय शङ्कर’ सार्वजनिक गरिएको छ।

यो गीतको लोकार्पण नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा र कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीको उपस्थितिमा काठमाडौंको नयाँ बानेश्वरस्थित आईएनआई सिनेमाजमा गरिएको थियो।

डिजिसेन्स नेपाल प्रा. लि.ले निर्माण गरेको यो गीतमा स्वर्गीय नातिकाजीको सङ्गीत रहेको छ भने मोहित मुनालले पुनः संयोजन तथा नयाँ सङ्गीत संयोजन गरेका छन्। गीतमा थप शब्द विजय अधिकारीले दिएका छन्।

गीतको भिडियो हुम्ला जिल्लाको लिमी उपत्यकाको लाप्चामा ५१०० मिटरको उचाइमा खिचिएको हो। यस स्थानबाट प्रत्यक्ष रूपमा कैलाश पर्वत र मानसरोवर ताल देखिने भएकाले यो धार्मिक, सांस्कृतिक र पर्यटन दृष्टिले प्रचुर सम्भावना बोकेको छ।

निर्माण पक्षले संसारमै पहिलो पटक यस दुर्गम क्षेत्रमा म्युजिक भिडियो खिचिएको दाबी गरेको छ। भिडियोमा कलाकार बद्रीप्रसाद तिवारीको एकल अभिनय रहेको छ भने निर्देशन विजय अधिकारीले गरेका छन्। किरण थापाले कोरियोग्राफी गरेका छन्।

हरि हुमागाईँको छायाङ्कन निर्देशन तथा भरत रेग्मीको सम्पादन रहेको छ। निर्माण नियन्त्रक दिपेन गौतम ‘माइकल’ हुन्।

प्रतिक्रिया दिनुहोस्