Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

‘पोखरेली मसिनो’ शुभमुहूर्त सम्पन्न

११ भाद्र २०८२, बुधबार १४:२२

काठमाडौं- नेपाली चलचित्र क्षेत्रका प्रख्यात छायाँकार शैलेन्द्रध्वज कार्की अब निर्देशनतर्फ उन्मुख भएका छन्।

लामो समयदेखि दर्जनौं चलचित्रमा आफ्नो छायांकनकला मार्फत दर्शकको मन जितिसकेका कार्कीले पहिलो पटक निर्देशनमा हात हाल्दै ‘पोखरेली मसिनो’ नामक चलचित्र निर्माण गर्ने घोषणा गरेका छन्।

सोमबार ललितपुरस्थित बंगलामुखी मन्दिरमा पूजा–आजासहित चलचित्रको शुभमुहूर्त सम्पन्न गरिएको थियो। पारिवारिक सम्बन्ध विशेषगरी बाबु–छोरीबीचको संघर्ष र माया–ममतामा आधारित यो फिल्म कार्की र उनकी अभिनेत्री पत्नी शान्ति गिरीले संयुक्त रुपमा निर्देशन गर्ने भएका छन्। चलचित्रको निर्माण भने कार्कीले आफैं गर्नेछन्।

चलचित्रको कथा शान्ति गिरीले लेखेकी हुन् भने पटकथा शैलेन्द्र र शान्तिको संयुक्त रहनेछ। शुभमुहूर्त कार्यक्रममा निर्माता/निर्देशक दिपेन्द्र गौचन, कलाकार टिका पहाडी, परिक्षा लिम्बु, अविरल प्रताप अधिकारी, उपेन्द्र सुब्बालगायतको उपस्थिति थियो। मंगलबार पोखरा पुगेपछि बुधबारदेखि छायांकन सुरु हुने बताइएको छ। ३० दिनको सुटिङ तालिका तय गरिएको छ।

फिल्ममा टिका पहाडी, प्रवीण खतिवडा, परिक्षा लिम्बु, माओत्से गुरुङ, अनिल सुब्बा, अंकित खड्का, सजन थापा मगर, अभय बराल, अविरल प्रताप अधिकारी, हिउँवाला गौतमलगायत कलाकारहरूले अभिनय गर्नेछन्।

आगामी वर्षको बडादशैंलाई लक्षित गरेर प्रदर्शनमा ल्याइने ‘पोखरेली मसिनो’ मा श्रवण मुकारुङका गीत, कालीप्रसाद बास्कोटाको संगीत, शंकर मर्हजनको द्वन्द्व निर्देशन, कार्की स्वयंको छायांकन (डीओपी) र निमेष श्रेष्ठको सम्पादन रहनेछ।

प्रतिक्रिया दिनुहोस्