Trending
सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो     |     पश्चिमी वायुको प्रभाव कायमै     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश     |     भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान     |     सुर्खेतमा लागुऔषध र नक्कली चुरोटसहित ६ जना पक्राउ     |     वीरेन्द्रनगरमा शिक्षक सरुवाको विवाद चर्कियो, आन्दोलनमा झडप र एक घाइते     |     प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक सुरु     |     लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |     नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |    
कला र मनोरन्जन

खुल्यो भोलिबाट रिलिज हुने फिल्म ‘गुन्यु चोलो :द ड्रेस’ को बुकिङ

१२ भाद्र २०८२, बिहीबार १७:४६

काठमाडौं। चलचित्र ‘गुन्यु चोलो :द ड्रेस’को प्रि–बुकिङ ओपन भएको छ । हलहरूले सिनेमाको शो निकाल्दै प्रि–बुकिङ ओपन गरेका हुन् ।

चलचित्रले सन्तोषजनक शो पाएको छ । नेपाली चलचित्र नै धेरै हलमा रहेका कारण यसले सन्तोषजनक शो पाएको हो । ‘जनै हराएको मान्छे’, ‘माग्ने राजा’, ‘कोशेढुंगा’लगायत चलचित्र हलमा रहँदा ‘गुन्यु चोलो : द ड्रेस’को भागमा धेरै शो नपरेको हो ।

तर, पनि सन्तोषजनक शो भने पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौंमा मात्रै पहिलो दिन शुक्रबारलाई १४ शो छुट्टयाएको छ । दर्शक उल्लेख्य पाउँदा यो शो संख्या कम होइन । दर्शकले चलचित्र मन पराएको खण्डमा भने हलहरूले शो थप्ने गरेका छन् ।

ट्रेलर र अन्य सामग्रीमा नाजिर हुसेनको पफर्मेन्सको तारिफ भइरहेकाले सिनेमालाई दर्शकले मन पराउनेमा निर्माण पक्ष विश्वस्थ छ ।

‘गुन्यु चोलो : द ड्रेस’ भदौ १३ गते (भोलि शुक्रबार)बाट रिलिज हुँदैछ । समुन्द्र भट्टको निर्देशन रहेको चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको छ ।

‘गुन्यु चोलो : द ड्रेस’मा नाजिर हुसेनको मुख्य भूमिका छ । उनले पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन् ।

नाजिरसँगै चलचित्रमा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

नेपालको पहिलो पूर्णरूपको ट्रान्स स्टोरीमा निर्मित यो चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ ।

चलचित्रको सम्पूर्ण पोस्ट प्रोडक्सनको काम बाहिर गरिएको छ । चलचित्रको एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइनदेखि ब्याकग्राउन्ड म्युजिकसम्मको काम हलिउड शैलीमा बाहिरै गरिएको छ ।

चलचित्रमा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन् भने ब्याकग्राउन्ड म्युजिकको सम्पूर्ण काम मार्सेलो दी फ्रान्सिसीले गरेका छन् । हलिउड चलचित्र ‘ग्ल्याडिएटर– २’ मा लिजाले स्वर दिएकी थिइन् ।

यो चलचित्र नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोल्याबोरेसनमा बनेको हो । चलचित्रमा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानी छ । चलचित्रको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ चलचित्रका सहयोगी निर्माता हुन् ।

आलोक शुक्लाले खिचेको चलचित्रमा लेखु सहयात्रीको गीत रचना रहेको छ । यो चलचित्र अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्