Trending
सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो     |     पश्चिमी वायुको प्रभाव कायमै     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश     |     भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान     |     सुर्खेतमा लागुऔषध र नक्कली चुरोटसहित ६ जना पक्राउ     |     वीरेन्द्रनगरमा शिक्षक सरुवाको विवाद चर्कियो, आन्दोलनमा झडप र एक घाइते     |     प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक सुरु     |     लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |     नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |    
खेलकुद

‘टी ट्वान्टी’ शृङखलाः दोस्रो खेलमा नेपाल ‘ए’ विजयी

१३ भाद्र २०८२, शुक्रबार १५:०१

काठमाडौं । ‘टी ट्वान्टी’ शृङखलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल ‘ए’ विजयी भएको छ ।

भारतको गुवाहाटीमा भएको खेलमा नेपाल ‘ए’ले घरेलु टोली आसामलाई ९६ रनले पराजित गर्दै जारी शृङ्खलामा पहिलो जित दर्ता गराएको हो ।

नेपालले प्रस्तुत गरेको १७४ रनको लक्ष्य पछ्याएको आसामको पारी १५ दशमलव २ ओभरमा ७७ रनमै समेटियो । आसामका लागि रुहिनन्दन पेगुले सर्वाधिक १७ रन, शिवशङ्कर रोयले १६ तथा आकाश सेनगुप्ताले १० रन बनाए ।

बलिङतर्फ नेपालका युवराज खत्रीले चार, बसिर अहमदले तीन तथा कमलसिंह ऐरी, आकाश चन्द र विवेककुमार यादवले एक÷एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७३ रनको योगफल बनाएको थियो । नेपालका लागि सन्दीप जोराले सर्वाधिक ३५ रनको योगदान दिए ।

त्यसैगरी पवन सर्राफ र देव खनालले समान ३१/३१ रन बनाए भने बसिर अहमदले २७, विवेकुमार यादवले अविजित २६ तथा आदिल आलम अन्सारीले १४ रन बनाए ।

बलिङतर्फ आसामका लागि आकाश सेन गुप्ताले तीन, अभिनव चौधरीले दुई तथा आयुशमान मालाकार र अभिलश गोगोईले एक÷एक विकेट लिए ।

बिहीबार भएको पहिलो खेलमा नेपाल ‘ए’ डकवर्थ लुइस पद्दति (डिएलएस) का आधारमा आसामसँग १५ रनले पराजित भएको थियो । यससँगै नेपाल ‘ए’ र आसामसँगको पाँच खेलको उक्त शृङ्खलामा १–१ को बराबरी भएको छ । शनिबार तेस्रो खेल हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस्