Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

पोस्टरसहित चलचित्र ‘जूबा’को घोषणा

१८ भाद्र २०८२, बुधबार २०:५२

काठमाडौं। चलचित्र ‘जुबा’ निर्माणको घोषणा गरिएको छ । अस्त्र फिल्मसको प्रस्तुति रहने चलचित्रको मुख्य भूमिकामा सौगात मल्ल छन् ।

प्रकाश कर्णको लेखन तथा निर्देशन रहने चलचित्रको स्क्रिनप्ले तथा राइटर वर्षा पौडेल हुन् । क्रिएटिभ प्रोडुसरमा निर्देशक कर्ण र राइटर वर्षा दुवै छन् ।

चलचित्रमा नायिकाको रुपमा सोफी धरेलले डेब्यु गर्ने भएकी छन् । सौगात र सोफीसँगै मुख्य भूमिकामा रहेका अर्का कलाकार सुधन पोखरेल छन् । उनको यो तेस्रो चलचित्र हो । यसअघि दुईवटा सिनेमामा काम गरिसकेका छन् । तर, रिलिज हुन भने बाँकी छ । मुख्य भूमिकामा भने उनको यो पहिलो चलचित्र हो ।

रक क्यास्टर स्टुडियोको निर्माण रहने चलचित्र घोषणासँगै तीनवटा क्यारेक्टर पोस्टर पनि सार्वजनिक गरिएको छ । एउटा पोस्टरमा सौगात मल्ल मात्रै छन् । उनी क्यामेरा अगाडि रहेर क्यामेरालाई नमस्ते गरिरहेका छन् । उनको लुक्स, गेटअप र ढोगाइले उनी अभिनेता रहेको संकेत गर्छ ।

अर्को पोस्टरमा उनी पि.सि.ओ.मा उभिएर फोनमा कुरा गरिरहेका छन् । ल्यान्डलाइन फोन र उनको र सोफीको गेटअपले यो चलचित्रले दुई दशक अगाडिको कथा भन्न लागेको संकेत गरेको छ । यसमा सोफी केही रिसाइरहेकी छिन् भने गम्भीर मुद्रामा सौगात फोनमा कुरा गरिरहेका छन् ।

अर्को पोस्टरमा सुधन, जो खलपात्रमा छन् । चुरोट तानिरहेका उनको लुक्सले उनी खतरनाक भिलेनको भूमिकामा रहेको प्रष्ट पारेको छ । चलचिको कथा, अन्य कलाकार तथा अन्य पक्षबारे भने निर्माण टिमले केही पनि खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्