Trending
सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो     |     पश्चिमी वायुको प्रभाव कायमै     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश     |     भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान     |     सुर्खेतमा लागुऔषध र नक्कली चुरोटसहित ६ जना पक्राउ     |     वीरेन्द्रनगरमा शिक्षक सरुवाको विवाद चर्कियो, आन्दोलनमा झडप र एक घाइते     |     प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक सुरु     |     लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |     नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |    
खेलकुद

एनपिएल खेल्न अष्ट्रेलियाका क्रिस लिन आउँदै !

१८ भाद्र २०८२, बुधबार २०:५६

काठमाडौँ। अष्ट्रेलियाका ब्याट्सम्यान तथा इन्डियन प्रिमियर लिग (आईपिएल) का अनुभवी खेलाडी क्रिस लिनले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण खेल्ने भएका छन् ।

उनले सुदूरपश्चिम रोयल्सबाट खेल्नेछन् । यद्यपि, आधिकारिक घोषणा भने भइसकेको छैन । सुदूरपश्चिमले बुधबार सामाजिक सञ्जालमा अष्ट्रेलियाका खेलाडी भित्राएको उल्लेख गर्दै खेलाडीको नाम भने तोकेको छैन ।

खेलाडीको बारेमा दिएको हिन्टको आधार मान्दा उक्त खेलाडी अष्ट्रेलियाका क्रिस लिन भनेर बुझन सकिन्छ । उक्त पोस्टमा २२० छक्का र ३९५५ रन पनि उल्लेख गरिएको छ । जसको आधारमा पनि क्रिस हुन् भनेर आँकलन गर्न सकिन्छ । उनले अष्ट्रेलियन लिग बिग ब्यास (बिबिएल) लिगमा गरेको प्रदर्शन उक्त कुरासँग मेल खान्छ ।

उनले लिगका १२७ खेलमा ३९५५ रन बनाएका छन् । जसमा २२० छक्का प्रहार गरेका छन् । सन् २०१४ देखि २०१८ सम्म अष्ट्रेलियाका लागि खेलेका लिनले १८ खेलको १६ इनिङमा २९१ रन बनाएका छन् ।

उनले बिबिएलसहित इन्डियन प्रिमियर लिग, पाकिस्तान सुपर लिगसहितका विश्वका चर्चित लिग खेलिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्