Trending
बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |    
खेलकुद

एनपिएल खेल्न अष्ट्रेलियाका क्रिस लिन आउँदै !

१८ भाद्र २०८२, बुधबार २०:५६

काठमाडौँ। अष्ट्रेलियाका ब्याट्सम्यान तथा इन्डियन प्रिमियर लिग (आईपिएल) का अनुभवी खेलाडी क्रिस लिनले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण खेल्ने भएका छन् ।

उनले सुदूरपश्चिम रोयल्सबाट खेल्नेछन् । यद्यपि, आधिकारिक घोषणा भने भइसकेको छैन । सुदूरपश्चिमले बुधबार सामाजिक सञ्जालमा अष्ट्रेलियाका खेलाडी भित्राएको उल्लेख गर्दै खेलाडीको नाम भने तोकेको छैन ।

खेलाडीको बारेमा दिएको हिन्टको आधार मान्दा उक्त खेलाडी अष्ट्रेलियाका क्रिस लिन भनेर बुझन सकिन्छ । उक्त पोस्टमा २२० छक्का र ३९५५ रन पनि उल्लेख गरिएको छ । जसको आधारमा पनि क्रिस हुन् भनेर आँकलन गर्न सकिन्छ । उनले अष्ट्रेलियन लिग बिग ब्यास (बिबिएल) लिगमा गरेको प्रदर्शन उक्त कुरासँग मेल खान्छ ।

उनले लिगका १२७ खेलमा ३९५५ रन बनाएका छन् । जसमा २२० छक्का प्रहार गरेका छन् । सन् २०१४ देखि २०१८ सम्म अष्ट्रेलियाका लागि खेलेका लिनले १८ खेलको १६ इनिङमा २९१ रन बनाएका छन् ।

उनले बिबिएलसहित इन्डियन प्रिमियर लिग, पाकिस्तान सुपर लिगसहितका विश्वका चर्चित लिग खेलिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्