Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

९८औँ ओस्कर अवार्डमा नेपालको तर्फबाट ‘अञ्जिला’ सिफारिस

२ आश्विन २०८२, बिहीबार १४:२२

काठमाडौँ। सन् २०२६ मा हुने ९८औँ एकेडेमी अवार्ड (ओस्कर अवार्ड)को अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नेपालबाट ‘अञ्जिला’ चलचित्र सिफारिस भएको छ।

द एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस (द अस्कर) अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै यो जानकारी गराएको हो।

समितिका अध्यक्ष विमल पौडेलले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार यस वर्ष ओस्करमा प्रतिस्पर्धा गर्नका लागि दुई नेपाली कथानक चलचित्र गुन्यु चोलो – द ड्रेसु र अञ्जिला प्राप्त भएका थिए।

दुवै चलचित्रको गहन मूल्यांकनपश्चात् प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण र कलात्मक शिल्पलाई ध्यानमा राखेर ‘अञ्जिला’लाई छनोट गरिएको हो।

‘अञ्जिला’ अब ९८औँ ओस्कर अवार्डमा अन्तर्राष्ट्रिय फिचर फिल्म विधाका लागि नेपालको आधिकारिक प्रवेशका रूपमा प्रस्तुत हुनेछ।

प्रतिक्रिया दिनुहोस्