Trending
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |     एरिकालाई नगद एक लाखसहित सम्मान     |     कर्णाली याक्स र एसियन पेन्ट्सबिच सम्झौता     |     ‘वरिष्ठ बलराम’ले पाँच दिनमा कति कमायो ?     |     संगीतकर्मी गिरीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति     |     दलको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न ‘विप्लव’को प्रस्ताव     |     मौसमका कारण हवाई उडान सामान्य प्रभावित     |     कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी     |     साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |    
खेलकुद

नेपालले वेस्ट इन्डिजविरुद्ध टस हार्‍यो, पहिले ब्याटिङ गर्दै

१४ आश्विन २०८२, मंगलवार २०:४३

काठमाडौं : नेपाल र वेष्टइन्डिजसँगबीचको युनिटी कपअन्तर्गतको अन्तिम खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ।

वेस्ट इन्डिजका कप्तान अकिल हुसेनले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले आज पनि पहिले ब्याटिङ नै गर्ने भएको छ।

नेपालले आज पनि खेलाडीमा केही परिवर्तन गरेको छ । आजको प्लेइङ ११ मा रोहित पौडेल, लोकेश बम, आरिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुल्सन झाह, शाहव आलम, आदिल आलम, करण केसी र नन्दन यादव रहेका छन् ।

तीन खेलको श्रृंखला नेपालले पहिला दुई खेल जित्दै जितिसकेको छ। आजको खेल पनि जितेर नेपालले क्लिनस्विप गर्ने योजनामा छ।

प्रतिक्रिया दिनुहोस्