Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

वेस्ट इन्डिजविरुद्धको तेस्रो खेलमा नेपाल १० विकेटले पराजित

१५ आश्विन २०८२, बुधबार ०९:१५

काठमाडौं। वेस्ट इन्डिजविरुद्धको तेस्रो तथा अन्तिम खेलमा नेपाल १० विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय २३ रनको लक्ष्य वेस्ट इन्डिजले १२ ओभर २ बलमा कुनै विकेट नगुमाइ भेट्टायो ।

वेस्ट इन्डिजका लागि आमिर जाङ्गुले सर्वाधिक ७४ रन बनाए । ४५ बलको सामना गरेका उनले ५ चौका र ६ छक्का प्रहार गरे । वेस्ट इन्डिजका अर्का ओपनर अकिम अगिस्टले २९ बलमा ४१ रन जोडे ।

यसअघि यूएईको शारजाह क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले इनिङ्ग्स सकिनु एक बल अगावै सबै विकेट गुमाएर १ सय २२ रन बनायो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ३९ रन बनाउनुबाहेक अन्यले प्रभावशाली प्रदर्शन गर्न सकेनन् । भुर्तेलले २९ बलमा दुई चौका र तीन छक्का प्रहार गरे ।

नेपालले एक खेल अगावै सिरिजको उपाधि जितिसकेको छ । दोस्रो खेलमा नेपाल ९० रन र पहिलो खेलमा पनि १९ रनले विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्