Trending
इरानसँग नेपाल पराजित     |     तिहारमा पनि डोल्पामा वार्षिक परीक्षा सञ्चालन     |     काभा भलिबलमा नेपालको जित     |     रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते     |     जुम्लामा बिजुली सर्टका कारण आगलागी     |     दोस्रो दिन पनि हाउसफुलका साथ ‘वरिष्ठ बलराम’     |     ट्रम्पद्वारा क्यानडासँगको व्यापार वार्ता अन्त्यको घोषणा     |     आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु     |     त्रिदेशीय मैत्रीपूर्ण फुटबल : नेपालले इरानसँग खेल्दै     |     हलमा ‘वरिष्ठ बलराम’, दर्शकले भने– माटो सुहाउँदो स्टोरी     |    
खेलकुद

नेपाल मलेसियासँग १३ रनले पराजित

१९ आश्विन २०८२, आईतवार १४:००

काठमाडौँ। मलेसियाविरुद्धको टी ट्वेन्टी अन्तरराष्ट्रिय शृङ्खलाको तेस्रो खेलमा नेपाल पराजित भएको छ ।

मलेसियाको क्वालालम्पुरमा आज भएको खेलमा मलेसियासँग नेपाली महिला राष्ट्रिय क्रिकेट टोली १३ रनले पराजित भएको हो । यो पराजयसँगै पाँच खेलको उक्त शृङ्खलामा मलेसियाले नेपालसँग २–१ को अग्रता बनाएको छ ।

यसअघि भएको पहिलो खेलमा नेपाल मलेसियासँग तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो ।

मलेसियाले जितको लागि दिएको एक सय २१ रनको लक्ष्य पछ््याएको नेपाल निर्धारित २० ओभरमा आठ विकेट गुमाउदै एक सय सात रनमा समेटियो । नेपालका लागि रुबी पोद्धारले सर्वाधिक ३१ रनको योगदान दिइन् ।

यसैगरी, कप्तान इन्दु बर्मा २२ रनमा अविजित रहिन् भने सम्झना खड्काले १८ रन बनाइन् । साथै कविता जोशी र कविता कुँवरले समान दुईदुई विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्