Trending
इरानसँग नेपाल पराजित     |     तिहारमा पनि डोल्पामा वार्षिक परीक्षा सञ्चालन     |     काभा भलिबलमा नेपालको जित     |     रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते     |     जुम्लामा बिजुली सर्टका कारण आगलागी     |     दोस्रो दिन पनि हाउसफुलका साथ ‘वरिष्ठ बलराम’     |     ट्रम्पद्वारा क्यानडासँगको व्यापार वार्ता अन्त्यको घोषणा     |     आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु     |     त्रिदेशीय मैत्रीपूर्ण फुटबल : नेपालले इरानसँग खेल्दै     |     हलमा ‘वरिष्ठ बलराम’, दर्शकले भने– माटो सुहाउँदो स्टोरी     |    
खेलकुद

पहिलोपटक साफ फुटसल च्याम्पियनसिप हुने

१९ आश्विन २०८२, आईतवार १८:१८

काठमाडौं। दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले पहिलोपटक फुटसल च्याम्पियनसिप आयोजना गर्ने भएको छ।

साफका महासचिव पुरुषोत्तम कट्टेलले आइतबार पुरुष र महिला दुवैका लागि फुटसल च्याम्पियनसिप आयोजना गर्ने जानकारी दिएका हुन्। प्रतियोगिता सन् २०२६ जनवरी १३ देखि २६ सम्म थाइल्यान्डमा हुनेछ।

कट्टेलले भने, “फिफाले आफ्ना सदस्य संघहरूलाई परम्परागत फुटबलसँगै फुटसल र बिच फुटबलमा पनि सक्रिय सहभागिता जनाउन प्रेरित गरिरहेको छ। तर, दक्षिण एसिया यी खेलहरूमा निकै पछाडि छ।”

यो प्रतियोगिता दक्षिण एसियामा फुटसलको प्रवर्द्धन र विस्तारतर्फको ऐतिहासिक कदम मानिएको छ।

उनले थपे, “हाम्रो क्षेत्रमा फुटसलमा संलग्न अधिकारीहरूको ठूलो अभाव पनि देखेका छौं। त्यसैले अब यस क्षेत्रमा फुटसल विकास सुरु गर्नु अत्यावश्यक छ। कार्यसमितिले यो निर्णय स्वीकृत गरिसकेको छ र यस ऐतिहासिक पहलका लागि हामी फिफा र एएफसी दुवैको सहयोगका लागि आभारी छौं।”

प्रतिक्रिया दिनुहोस्