Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

पहिलोपटक साफ फुटसल च्याम्पियनसिप हुने

१९ आश्विन २०८२, आईतवार १८:१८

काठमाडौं। दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले पहिलोपटक फुटसल च्याम्पियनसिप आयोजना गर्ने भएको छ।

साफका महासचिव पुरुषोत्तम कट्टेलले आइतबार पुरुष र महिला दुवैका लागि फुटसल च्याम्पियनसिप आयोजना गर्ने जानकारी दिएका हुन्। प्रतियोगिता सन् २०२६ जनवरी १३ देखि २६ सम्म थाइल्यान्डमा हुनेछ।

कट्टेलले भने, “फिफाले आफ्ना सदस्य संघहरूलाई परम्परागत फुटबलसँगै फुटसल र बिच फुटबलमा पनि सक्रिय सहभागिता जनाउन प्रेरित गरिरहेको छ। तर, दक्षिण एसिया यी खेलहरूमा निकै पछाडि छ।”

यो प्रतियोगिता दक्षिण एसियामा फुटसलको प्रवर्द्धन र विस्तारतर्फको ऐतिहासिक कदम मानिएको छ।

उनले थपे, “हाम्रो क्षेत्रमा फुटसलमा संलग्न अधिकारीहरूको ठूलो अभाव पनि देखेका छौं। त्यसैले अब यस क्षेत्रमा फुटसल विकास सुरु गर्नु अत्यावश्यक छ। कार्यसमितिले यो निर्णय स्वीकृत गरिसकेको छ र यस ऐतिहासिक पहलका लागि हामी फिफा र एएफसी दुवैको सहयोगका लागि आभारी छौं।”

प्रतिक्रिया दिनुहोस्