Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

दोस्रो अभ्यास खेलमा नेपाल कतारसँग १६ रनले विजयी

२० आश्विन २०८२, सोमबार २०:३९
काठमाडौं। नेपाली क्रिकेट टोलीले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको दोस्रो अभ्यास खेलमा पनि जित हासिल गरेको छ। सोमबार सम्पन्न दोस्रो खेलमा नेपालले कतारलाई १६ रनले पराजित गरेको हो। यसअघि नेपालले घरेलु टोली ओमानलाई ६ विकेटले पन्छाएको थियो। नेपालले प्रस्तुत गरेको १७१ रनको लक्ष्य पछ्याएको कतारले ६ विकेट गुमाउँदै १५४ रन मात्र बनाउन सक्यो। कतारका मुहम्मद तनविरले सर्वाधिक ५१ रन बनाए। ३७ बल खेलेका उनले तीन चौका र दुई छक्का प्रहार गरे। मोहम्मद ब्रइगले ४० र मुहम्मद असीमले ३० रनको योगदान दिए। नेपालका करण केसीले सर्वाधिक तीन विकेट लिए। नन्दन यादव, दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीको नाममा समान एक विकेट रह्यो। त्यसअघि अल अमारत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले सात विकेट गुमाउँदै १७० रन बनाएको थियो। ओपनर कुशल भुर्तेलले सर्वाधिक ५६ रन बनाए। ३३ बल खेलेका उनले पाँच चौका र तीन छक्का प्रहार गरे। कुशल मल्ल र दीपेन्द्रले समान ३८ रन बनाए। कतारका शारिक मुनिर र इक्रामुल्लाहले समान दुई विकेट लिए।

प्रतिक्रिया दिनुहोस्