Trending
विपिन जोशीको मृत्यु भइसकेको हमासद्वारा पुष्टि, शव आजै इजरायल पठाइने     |     विश्वकप छनोट: नेपालले पहिला ब्याटिङ गर्दै     |     चलचित्र ‘सोल्टिनी’को ट्रेलर सार्वजनिक     |     सल्यानमा स्क्रब टाइफस र उच्च ज्वरोका कारण दुई जनाको मृत्यु     |     नेपाल कबड्डी लिग: सिजन–२ का लागि ५१२ खेलाडी दर्ता     |     युट्यूवको शीर्ष ट्रेण्डिङमा ‘जेरी अन टप’ ट्रेलर     |     नयाँ गीत ‘शंका गर्ने बानी’ सार्वजनिक     |     यस्तो छ तीन चलचित्रको व्यापार     |     एसियाली प्रतिद्वन्दी दक्षिण कोरियाविरुद्ध ५–० को ब्राजिलको फराकिलो जित     |     एमालेले तत्काल नेतृत्व परिवर्तन नगर्ने     |    
खेलकुद

एपीएफले पहिलो खेल नासरिनसँग खेल्ने

२० आश्विन २०८२, सोमबार २२:०८

काठमाडौं। विभागीय टोली एपीएफ क्लबले साफ क्लब महिला च्याम्पियनसिपको पहिलो खेलमा बंगलादेशको नासरिन स्पोर्ट्स एकेडेमीलाई चुनौती प्रस्तुत गर्ने भएको छ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सोमबार सार्वजनिक गरेको खेल तालिकाअनुसार एपीएफ र नासरिन आगामी १९ मंसिरमा भिड्ने भएका हुन्। साफले पहिलोपल्ट पाँच सदस्य राष्ट्रका शीर्ष क्लबलाई समेट्दै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतियोगिता आयोजना गर्न लागेको हो।

खेल १९ मंसिरदेखि ५ पुससम्म हुने साफले जनाएको छ। सिंगल राउन्ड रोबिनमा हुने प्रतियोगितामा यी दुईबाहेक भारतको इस्ट बंगाल फुटबल क्लब, भुटानको ट्रान्सपर्ट युनाइटेड एफसी र पाकिस्तानको कराची सिटी एफसीले प्रतिस्पर्धा गर्ने तय भइसकेको छ।

एपीएफफले लिग चरणको दोस्रो खेल २५ मंसिरमा ट्रान्सपर्टसँग खेल्ने छ। २८ गते कराची र २ पुसमा अन्तिम खेल इस्ट बंगालसँग खेल्दै लिग सक्काउने छ।

लिग चरणका उत्कृष्ट शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन्। फाइनल ५ पुसमा हुने साफले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्