Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

एपीएफले पहिलो खेल नासरिनसँग खेल्ने

२० आश्विन २०८२, सोमबार २२:०८

काठमाडौं। विभागीय टोली एपीएफ क्लबले साफ क्लब महिला च्याम्पियनसिपको पहिलो खेलमा बंगलादेशको नासरिन स्पोर्ट्स एकेडेमीलाई चुनौती प्रस्तुत गर्ने भएको छ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सोमबार सार्वजनिक गरेको खेल तालिकाअनुसार एपीएफ र नासरिन आगामी १९ मंसिरमा भिड्ने भएका हुन्। साफले पहिलोपल्ट पाँच सदस्य राष्ट्रका शीर्ष क्लबलाई समेट्दै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतियोगिता आयोजना गर्न लागेको हो।

खेल १९ मंसिरदेखि ५ पुससम्म हुने साफले जनाएको छ। सिंगल राउन्ड रोबिनमा हुने प्रतियोगितामा यी दुईबाहेक भारतको इस्ट बंगाल फुटबल क्लब, भुटानको ट्रान्सपर्ट युनाइटेड एफसी र पाकिस्तानको कराची सिटी एफसीले प्रतिस्पर्धा गर्ने तय भइसकेको छ।

एपीएफफले लिग चरणको दोस्रो खेल २५ मंसिरमा ट्रान्सपर्टसँग खेल्ने छ। २८ गते कराची र २ पुसमा अन्तिम खेल इस्ट बंगालसँग खेल्दै लिग सक्काउने छ।

लिग चरणका उत्कृष्ट शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन्। फाइनल ५ पुसमा हुने साफले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्