Trending
विपिन जोशीको मृत्यु भइसकेको हमासद्वारा पुष्टि, शव आजै इजरायल पठाइने     |     विश्वकप छनोट: नेपालले पहिला ब्याटिङ गर्दै     |     चलचित्र ‘सोल्टिनी’को ट्रेलर सार्वजनिक     |     सल्यानमा स्क्रब टाइफस र उच्च ज्वरोका कारण दुई जनाको मृत्यु     |     नेपाल कबड्डी लिग: सिजन–२ का लागि ५१२ खेलाडी दर्ता     |     युट्यूवको शीर्ष ट्रेण्डिङमा ‘जेरी अन टप’ ट्रेलर     |     नयाँ गीत ‘शंका गर्ने बानी’ सार्वजनिक     |     यस्तो छ तीन चलचित्रको व्यापार     |     एसियाली प्रतिद्वन्दी दक्षिण कोरियाविरुद्ध ५–० को ब्राजिलको फराकिलो जित     |     एमालेले तत्काल नेतृत्व परिवर्तन नगर्ने     |    
खेलकुद

नेपालले इरान र भारतसँग मैत्रीपूर्ण खेल खेल्ने

२१ आश्विन २०८२, मंगलवार १७:१३

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीले इरान र भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार अक्टोबरमा दुई टोलीसँग खेल्ने जानकारी दिएको हो। मैत्रीपूर्ण खेल भारतको सिलोङमा हुने एन्फाले जनाएको छ।

नेपालले २४ अक्टोबरमा इरानसँग खेल्नेछ। त्यसको तीन दिनपछि घरेेलु टोलीसँग नेपालले खेल्ने एन्फाले जनाएको छ। यसअघि नै नेपालले भारतसँग खेल्ने तय भइसकेको थियो।

उक्त खेल सिक्किममा हुने एन्फाले जानकारी दिएको थियोे। सो खेलका लागि मुख्य प्रशिक्षक नवीन न्यौपानेले बन्द प्रशिक्षण गराइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्