Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

जापानलाई हराउँदै नेपाल सुपर सिक्समा प्रवेश

२४ आश्विन २०८२, शुक्रबार २२:१८

काठमाडौँ। ओमानमा जारी आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत नेपालले लगातार दोस्रो जित निकालेको छ ।

भर्खरै सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले हराएको हो । यो जितसँगै नेपाल समूह ‘बी’ को विजेता बनेर सुपर–६ मा पुग्यो । जापानलाई हराएसँगै नेपालले २ अंक लिएर सुपर–६ मा गएको छ । अब नेपालले सुपर–६ मा समूह ए र सीबाट आउने २–२ टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

जापानले दिएको १३२ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि आसिफ शेखले ३८, गुलशन झाले अविजित २८, कुशल भुर्तेलले २१, रोहित पौडेलले १८ रन जोडे भने दिपेन्द्र सिंह ऐरी १४ रनमा अविजित रहे ।

बलिङतर्फ जापानका शोमा स्लेटरले दुई, डेक्लान सुजुकी म्याककम्ब, साबोरिस रविचन्द्रन र रियो सकौरानो–थोमसले एक–एक विकेट लिए ।

त्यसअघि ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा टस हारेर पहिले ब्याटिङ थालेको जापानले २० ओभरमा ८ विकेटको क्षतिमा १३१ रन जोड्यो ।

उसका लागि कप्तान केन्डेल काडोवाकी फ्लेमिङले अर्धशतकीय पारी खेले । उनले ४६ बलमा ६० रनको योगदान दिए । उनले पाँच चौका र तीन छक्का प्रहार गरे । यस्तै इसम रेहमानले ३१, बेन्जामिन इल्टो–डेभिसले १७ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने र गुलशन झाले २–२ तथा सोमपाल कामी र नन्दन यादवले १–१ विकेट लिए ।

प्रतियोगितामा विभिन्न नौ टोली सहभागी छन् । सहभागी टोलीलाई विभिन्न तीन समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली सुपर सिक्समा जानेछन् । नेपाल भने समूह ‘बी’मा रहेको छ । नेपालको समूहमा कुवेत र जापान छन् ।

नेपाल र जापान दुवै टोलीले आआफ्नो पहिलो खेल जितेका छन् । दुवै टोलीले कुवेतलाई पराजित गरेका हुन् । पहिलो खेलको जितसँगै नेपाल र जापान सुपर सिक्स पुगिसकेका छन् । त्यस्तै कुवेत भने प्रतियोगिताबाट बाहिरिइसकेको छ ।

सुपर सिक्समा शीर्ष तीन टोलीले अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्