Trending
पोखरालाई विराटनगरको ऐतिहासिक लक्ष्य, तोड्यो आफ्नै रेकर्ड     |     विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने     |     चितवन राइनोजसँग कर्णाली याक्स पराजित     |     प्रधानमन्त्री कार्कीसँग कांग्रेसका युवा नेताहरुको भेट     |     जेनजी प्रदर्शनका क्रममा तोडफोडमा संलग्न थप पाँच पक्राउ     |     लमजुङ सेवा समिती हङकङद्वारा पहिलो भलिबल प्रतियोगिता सम्पन्न     |     मौलाकाली केबलकार पुनःसञ्चालनमा     |     कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य     |     आज चितवन राइनोज र कर्णाली याक्स तथा विराटनगर किङ्स र पोखरा एभेन्जर्स भिड्दै     |     सुनको मूल्य घट्यो     |    
खेलकुद

एसियाली प्रतिद्वन्दी दक्षिण कोरियाविरुद्ध ५–० को ब्राजिलको फराकिलो जित

२४ आश्विन २०८२, शुक्रबार २२:३७

काठमाडौँ। पाँच पटकको विश्वकप विजेता ब्राजिलले फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा एसियाली प्रतिद्वन्दी दक्षिण कोरियाविरुद्ध ५–० को सहज जित निकालेको छ ।

शुक्रबार दक्षिण कोरियामै भएको खेलमा ब्राजिललाई जित दिलाउन रोड्रिगो र एस्टेभाओेले समान दुई गोल गरे । भिनिसियस जुनियरको नाममा एक गोल रह्यो ।

खेलको १३औँ मिनेटमा एस्टेभाओले गोल गर्दै पाहुना टिमलाई अग्रतामा राखेका थिए । जसलाई ४१औँ मिनेटमा रोड्रिगोले दोब्बर बनाए । पहिलो हाफमा २–० को अग्रता बनाएको ब्राजिलले दोस्रो हाफमा तीन गोल थप्यो ।

४७औँ मिनेटमा एस्टेभाओले दोस्रो गोल गर्दै टिमको अग्रतालाई ३–० मा पुर्‍याए । त्यसको दुई मिनेटपछि नै रोड्रिगोले ब्राजिकाले यो अग्रतालाई ४–० मा पुर्‍याए । यस्तै, ७७औँ मिनेटमा भिनिसियसले गोल गरेपछि ब्राजिलले ५–० को सहज जित सुनिश्चित गरेको हो ।

ब्राजिलले अब दोस्रो मैत्रीपूर्ण फुटबलमा अर्को एसियाली प्रतिद्वन्दी जापानविरुद्ध प्रतिस्पर्धा गर्ने छ । यी दुई टिमबीचको खेल अक्टोबर १४ मा जापानकै मैदानमा हुने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्