Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

एसियाली प्रतिद्वन्दी दक्षिण कोरियाविरुद्ध ५–० को ब्राजिलको फराकिलो जित

२४ आश्विन २०८२, शुक्रबार २२:३७

काठमाडौँ। पाँच पटकको विश्वकप विजेता ब्राजिलले फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा एसियाली प्रतिद्वन्दी दक्षिण कोरियाविरुद्ध ५–० को सहज जित निकालेको छ ।

शुक्रबार दक्षिण कोरियामै भएको खेलमा ब्राजिललाई जित दिलाउन रोड्रिगो र एस्टेभाओेले समान दुई गोल गरे । भिनिसियस जुनियरको नाममा एक गोल रह्यो ।

खेलको १३औँ मिनेटमा एस्टेभाओले गोल गर्दै पाहुना टिमलाई अग्रतामा राखेका थिए । जसलाई ४१औँ मिनेटमा रोड्रिगोले दोब्बर बनाए । पहिलो हाफमा २–० को अग्रता बनाएको ब्राजिलले दोस्रो हाफमा तीन गोल थप्यो ।

४७औँ मिनेटमा एस्टेभाओले दोस्रो गोल गर्दै टिमको अग्रतालाई ३–० मा पुर्‍याए । त्यसको दुई मिनेटपछि नै रोड्रिगोले ब्राजिकाले यो अग्रतालाई ४–० मा पुर्‍याए । यस्तै, ७७औँ मिनेटमा भिनिसियसले गोल गरेपछि ब्राजिलले ५–० को सहज जित सुनिश्चित गरेको हो ।

ब्राजिलले अब दोस्रो मैत्रीपूर्ण फुटबलमा अर्को एसियाली प्रतिद्वन्दी जापानविरुद्ध प्रतिस्पर्धा गर्ने छ । यी दुई टिमबीचको खेल अक्टोबर १४ मा जापानकै मैदानमा हुने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्