Trending
नेपालले ओमानलाई दियो १५२ रनको लक्ष्य     |     नेपाल र तुर्कमेनिस्तानबीचको खेल बराबरीमा     |     टी–२० विश्वकप छनोटः ओमानविरुद्ध नेपालले टस जित्यो, पहिले ब्याटिङमा     |     क्रिकेटः नेपाल टी-२० विश्वकपमा छनोट     |     अजय देवगनको ‘दे दे प्यार दे २’ को ट्रेलर सार्वजनिक     |     महाभारत’ मा कर्णको भूमिका निभाएका पंकज धीरको निधन     |     प्रधानमन्त्री कार्कीसँग बेलायती राजदूत फेनको शिष्टाचार भेट     |     काभा नेसन्स कप : उद्घाटन खेलमा नेपालको प्रतिद्वन्द्वी तुर्कमेनिस्तान     |     टी–२० विश्वकप छनोटमा नेपाल र ओमानबीच आज निर्णायक भिडन्त     |     नेपाल भियतनामसँग पराजित     |    
खेलकुद

टी–२० विश्वकप छनोटमा नेपाल र ओमानबीच आज निर्णायक भिडन्त

२९ आश्विन २०८२, बुधबार १७:१९

काठमाडौं। आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।

सुपर सिक्समा यूएईलाई एक रन र कतारलाई पाँच रनले हराएको नेपालले आज ओमानलाई पराजित गरे टी–२० विश्वकपमा छनोट हुनेछ। विश्वकप छनोटका लागि निर्णायक मानिएको नेपाल र ओमानको खेल राति ८ः४५ बजेदेखि प्रारम्भ हुनेछ।

सुपर सिक्समा सहभागी नेपाल, यूएई, ओमान, जापान, कतार र सामाओमध्ये शीर्ष स्थानमा रहने तीन टिमले भारत र श्रीलंकामा हुने २०२६ को टी–२० विश्वकप खेल्न पाउने छन् ।

सुपर सिक्सको तालिकामा ओमान र नेपालको समान ६–६ अंक छ । रन रेटको आधारमा ओमान शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ । दुई अंक जोडेका यूएई र जापान क्रमशः तेस्रो र चौथो स्थानमा छन् । कतार र सामाओ भने अंकबिहीन् छन् ।

प्रतिक्रिया दिनुहोस्