Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

टी–२० विश्वकप छनोटमा नेपाल र ओमानबीच आज निर्णायक भिडन्त

२९ आश्विन २०८२, बुधबार १७:१९

काठमाडौं। आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।

सुपर सिक्समा यूएईलाई एक रन र कतारलाई पाँच रनले हराएको नेपालले आज ओमानलाई पराजित गरे टी–२० विश्वकपमा छनोट हुनेछ। विश्वकप छनोटका लागि निर्णायक मानिएको नेपाल र ओमानको खेल राति ८ः४५ बजेदेखि प्रारम्भ हुनेछ।

सुपर सिक्समा सहभागी नेपाल, यूएई, ओमान, जापान, कतार र सामाओमध्ये शीर्ष स्थानमा रहने तीन टिमले भारत र श्रीलंकामा हुने २०२६ को टी–२० विश्वकप खेल्न पाउने छन् ।

सुपर सिक्सको तालिकामा ओमान र नेपालको समान ६–६ अंक छ । रन रेटको आधारमा ओमान शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ । दुई अंक जोडेका यूएई र जापान क्रमशः तेस्रो र चौथो स्थानमा छन् । कतार र सामाओ भने अंकबिहीन् छन् ।

प्रतिक्रिया दिनुहोस्