काठमाडौँ। आइसिसी ट्वान्टी-२० विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्र्तगत ओमानविरुद्धको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ सुरु गरेको छ ।
ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा भएको टसमा नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङको निर्णय गरेको हुन् । जारी प्रतियोगितामा शीर्ष तीनमा पर्दै नेपाल र ओमानले टी-२० विश्वकपमा स्थान सुरक्षित गरिसकेका छन् ।
नेपालले ओमानविरुद्ध ब्याटर सन्दीप जोरालाई आज आराम दिएको छ । उनको स्थानमा लोकेश बमलाई मौका दिएको छ ।