Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

नेपालले ओमानलाई दियो १५२ रनको लक्ष्य

२९ आश्विन २०८२, बुधबार २२:४०

काठमाडौँ। आइसिसी ट्वान्टी–२० विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत घरेलु टोलि ओमानलाई १५२ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ थालेको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १५१ रन जोड्यो । नेपालका लागि कुशल भुर्तेलले अर्धशतकीय पारी खेले । उनले ६९ रनको योगदान दिए । ५१ बल खेलेका उनले सात चौका र एक छक्का प्रहार गरे ।

यस्तै, आसिफ शेखले २४, गुलशन झाले १८, आदिल अन्सारीले १६ रन जोडे । बलिङ तर्फ ओमानका नदिम खानले चार तथा सुफ्यान मेहमुद र जितेनकुमार रमानन्दीदे दुई–दुई विकेट लिए । दुवै टोलिले टी–२० विश्वकपमा स्थान सुरक्षित गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्