काठमाडौँ। आइसिसी ट्वान्टी–२० विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत घरेलु टोलि ओमानलाई १५२ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ थालेको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १५१ रन जोड्यो । नेपालका लागि कुशल भुर्तेलले अर्धशतकीय पारी खेले । उनले ६९ रनको योगदान दिए । ५१ बल खेलेका उनले सात चौका र एक छक्का प्रहार गरे ।
यस्तै, आसिफ शेखले २४, गुलशन झाले १८, आदिल अन्सारीले १६ रन जोडे । बलिङ तर्फ ओमानका नदिम खानले चार तथा सुफ्यान मेहमुद र जितेनकुमार रमानन्दीदे दुई–दुई विकेट लिए । दुवै टोलिले टी–२० विश्वकपमा स्थान सुरक्षित गरिसकेका छन् ।