Trending
चलचित्र ‘धागो’को गीत ‘मेरो सम्झना’ सार्वजनिक     |     आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन     |     ‘काठमाडौँ हारर चलचित्र महोत्सव’ कात्तिक दोस्रो सातादेखि     |     सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     टी–२० विश्वकप छनोट: नेपालसँग ओमान पराजित     |     नेपालले ओमानलाई दियो १५२ रनको लक्ष्य     |     नेपाल र तुर्कमेनिस्तानबीचको खेल बराबरीमा     |     टी–२० विश्वकप छनोटः ओमानविरुद्ध नेपालले टस जित्यो, पहिले ब्याटिङमा     |     क्रिकेटः नेपाल टी-२० विश्वकपमा छनोट     |    
खेलकुद

टी–२० विश्वकप छनोट: नेपालसँग ओमान पराजित

३० आश्विन २०८२, बिहीबार ०६:११

काठमाडौँ। आइसीसी टी–२० विश्वकप एसिया तथा इष्ट एसिया पेसिफिक छनोटमा नेपालले ओमानलाई ३८ रनले पराजित गरेको छ ।

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा बुधबार सम्पन्न खेलमा नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा नौ विकेट गुमाएर ११३ रन बनायो ।

ओमानका लागि विनायक शुम्लाले १९ बलमा सर्वाधिक ३२ रन बनाए । यस्तै, मोहम्मद नदीमले २५ रन बनाए । नेपालका लागि गुल्शन झाले तीन विकेट लिँदा नन्दन यादव र सोमपाल कामीले समान दुई÷दुई विकेट लिए । सन्दीप लामिछानेले एक विकेट लिए ।

त्यसअघि घरेलु टोलीविरुद्ध टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १५१ रनको योगफल बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले ५१ बलमा सात चौका र एक छक्कासहित सर्वाधिक ६९ रनको योगदान दिए । आसिफ शेखले २० बलमा दुई चौका र एक छक्कासहित २४ रनको योगदान गरे । गुल्शन झाले दुई छक्कासहित १८ रन जोडे भने आदिल आलमले १६ रन बनाए ।

ओमानका लागि नदीम खानले चार विकेट लिए भने शुफिया मेहमुद र जितेन रामानन्दीले समान दुई/दुई विकेट लिए ।

यसअघि नै टी–२० विश्वकपमा स्थान बनाइसकेको नेपाल आठ अङ्क बटुल्दै उपाधि नजिक पुगेको छ । नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको ओमानको छ अङ्क छ ।

प्रतिक्रिया दिनुहोस्