Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

महिला फुटबलः नेपाल थाइल्याण्डसँग पराजित

१ कार्तिक २०८२, शुक्रबार २१:१७

काठमाडौँ। थाइल्याण्डसँग फराकिलो हार बेहोर्दै नेपाल एएफसी महिला यु-१७ एसियन कपको छनोट चरणबाट बाहिरिएको छ ।

थाइल्याण्डको चोनबुरी रङ्गशालामा भरखरै सम्पन्न समूह ‘एफ’ को निर्णायक खेलमा घरेलु टोली थाइल्याण्डसँग १२-० गोलअन्तरले नेपाल पराजित भएको हो ।

यो जितसँगै थाइल्याण्डले दुई खेलमा छ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा रहेर आगामी वर्ष चीनमा आयोजना हुने एसियन कपमा स्थान बनाएको छ ।

खेलको पहिलो हाफमा आठ गोल गरेको थाइल्याण्डले खेलको दोस्रो हाफमा चार गोल थपेको हो । त्यस्तै थाइल्याण्डले आफ्नो पहिलो खेलमा तुर्किमिनिस्तानसँग १७-० को फराकिलो जित हासिल गरेको थियो ।

यता नेपाल भने पहिलो खेलमा तुर्किमिनिस्तानसँग गोलरहित बराबरीमा खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्