Trending
‘मन बिनाको धन’को नयाँ पोस्टर सार्वजनिक     |     नेपाललाई विश्वकप छनोटको उपाधि     |     महिला फुटबलः नेपाल थाइल्याण्डसँग पराजित     |     चलचित्र ‘सोल्टिनी’को नयाँ गीत ‘बाचुन्जेल पो’ सार्वजनिक     |     नेपालले सामोआलाई दियो २१२ रनको चुनौती     |     चलचित्र ‘धागो’को गीत ‘मेरो सम्झना’ सार्वजनिक     |     आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन     |     ‘काठमाडौँ हारर चलचित्र महोत्सव’ कात्तिक दोस्रो सातादेखि     |     सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |    
खेलकुद

महिला फुटबलः नेपाल थाइल्याण्डसँग पराजित

१ कार्तिक २०८२, शुक्रबार २१:१७

काठमाडौँ। थाइल्याण्डसँग फराकिलो हार बेहोर्दै नेपाल एएफसी महिला यु-१७ एसियन कपको छनोट चरणबाट बाहिरिएको छ ।

थाइल्याण्डको चोनबुरी रङ्गशालामा भरखरै सम्पन्न समूह ‘एफ’ को निर्णायक खेलमा घरेलु टोली थाइल्याण्डसँग १२-० गोलअन्तरले नेपाल पराजित भएको हो ।

यो जितसँगै थाइल्याण्डले दुई खेलमा छ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा रहेर आगामी वर्ष चीनमा आयोजना हुने एसियन कपमा स्थान बनाएको छ ।

खेलको पहिलो हाफमा आठ गोल गरेको थाइल्याण्डले खेलको दोस्रो हाफमा चार गोल थपेको हो । त्यस्तै थाइल्याण्डले आफ्नो पहिलो खेलमा तुर्किमिनिस्तानसँग १७-० को फराकिलो जित हासिल गरेको थियो ।

यता नेपाल भने पहिलो खेलमा तुर्किमिनिस्तानसँग गोलरहित बराबरीमा खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्