Trending
निर्वाचनको देशव्यापी माहौल बन्दै, राजनीतिक गतिविधि बढ्यो     |     यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर     |     एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’     |     लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि     |     एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य     |     एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा     |     रणवीर सिंहको ‘धुरन्धर’ ६ खाडी देशमा प्रतिबन्धित     |     आइटिएफ टेनिसः नेपालकी शिभाली फाइनलमा     |     जेनजी हत्यारा, भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै वीरगंजमा जेनजीद्धारा मोटरसाईकल र्याली     |     एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक     |    
खेलकुद

एरिकालाई नगद एक लाखसहित सम्मान

१२ कार्तिक २०८२, मंगलवार १७:३३

काठमाडौँ । नेपाल सितोरियो कराँते संघले मलेसियामा सम्पन्न डब्लुकेएफ कराते सिरिज वानमा पदक विजेता एरिका गुरुङलाई सम्मान गरेको छ।

त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) मा मंगलबार सितोरियो संघले पत्रकार सम्मेलनमार्फत गर्दै अन्तर्राष्ट्रिय पदक विजेता एरिकालाई नगदसहित सम्मान गरेको हो।

नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामा, महासंघका उपाध्यक्षद्वय देव लामा र मझेन्द्र सिंह र महासंघका महासचिव दावा लामाले एरिकालाई नगद एक लाख र उनका प्रशिक्षक कुशल श्रेष्ठलाई ५० हजार सम्मानपत्रसहित सम्मान गर्‍यो।

एरिकाले मलेसियामा भएको डब्लुकेएफ कराते सिरिज वानमा ६८ केजी तौलसमूहमा स्वर्ण पदक जितेकी थिइन्। नेपालले पहिलोपल्ट सिरिज वान पदक जितेको हो। सो अवसरमा संघले इजिप्टमा हुने विश्व कराते च्याम्पियनसिपमा छनोट भएकी सानुमाया थिङ र प्रशिक्षक मन्डेकाजी श्रेष्ठलाई पनि खादा लगाएर सम्मान गरिएको थियो।

कार्यक्रममा नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले भविष्यमा पनि अन्तर्राष्ट्रिय पदक ल्याइरहने वातावरण सिर्जना गर्न प्रशिक्षहरूले आफूलाई अपडेट गर्दै लैजानुपर्ने बताए।

पुरानै स्थितिबाट आफूलाई तयार गरेर प्रतियोगितामा प्रतिष्पर्धा गर्ने हो पदक ल्याउन सहज नहुने लामाले धारणा राखे। प्रशिक्षक कुशल श्रेष्ठले खेलाडीको सफलतामा सम्मानले उनीहरूमा ठूलो प्रोत्साहन मिल्ने बताए।

एरिकाले सबै नकरात्मक पक्ष बिर्सिएर आगामी विश्व च्याम्पियनसिपको लागि तयार रहेको बताइन्। विश्व कराँतेमा नेपालप्रति पनि राम्रो छाप बस्दै गएको एरिकाले उल्लेख गरिन्।

प्रतिक्रिया दिनुहोस्