Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

एरिकालाई नगद एक लाखसहित सम्मान

१२ कार्तिक २०८२, मंगलवार १७:३३

काठमाडौँ । नेपाल सितोरियो कराँते संघले मलेसियामा सम्पन्न डब्लुकेएफ कराते सिरिज वानमा पदक विजेता एरिका गुरुङलाई सम्मान गरेको छ।

त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) मा मंगलबार सितोरियो संघले पत्रकार सम्मेलनमार्फत गर्दै अन्तर्राष्ट्रिय पदक विजेता एरिकालाई नगदसहित सम्मान गरेको हो।

नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामा, महासंघका उपाध्यक्षद्वय देव लामा र मझेन्द्र सिंह र महासंघका महासचिव दावा लामाले एरिकालाई नगद एक लाख र उनका प्रशिक्षक कुशल श्रेष्ठलाई ५० हजार सम्मानपत्रसहित सम्मान गर्‍यो।

एरिकाले मलेसियामा भएको डब्लुकेएफ कराते सिरिज वानमा ६८ केजी तौलसमूहमा स्वर्ण पदक जितेकी थिइन्। नेपालले पहिलोपल्ट सिरिज वान पदक जितेको हो। सो अवसरमा संघले इजिप्टमा हुने विश्व कराते च्याम्पियनसिपमा छनोट भएकी सानुमाया थिङ र प्रशिक्षक मन्डेकाजी श्रेष्ठलाई पनि खादा लगाएर सम्मान गरिएको थियो।

कार्यक्रममा नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले भविष्यमा पनि अन्तर्राष्ट्रिय पदक ल्याइरहने वातावरण सिर्जना गर्न प्रशिक्षहरूले आफूलाई अपडेट गर्दै लैजानुपर्ने बताए।

पुरानै स्थितिबाट आफूलाई तयार गरेर प्रतियोगितामा प्रतिष्पर्धा गर्ने हो पदक ल्याउन सहज नहुने लामाले धारणा राखे। प्रशिक्षक कुशल श्रेष्ठले खेलाडीको सफलतामा सम्मानले उनीहरूमा ठूलो प्रोत्साहन मिल्ने बताए।

एरिकाले सबै नकरात्मक पक्ष बिर्सिएर आगामी विश्व च्याम्पियनसिपको लागि तयार रहेको बताइन्। विश्व कराँतेमा नेपालप्रति पनि राम्रो छाप बस्दै गएको एरिकाले उल्लेख गरिन्।

प्रतिक्रिया दिनुहोस्