Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य

१६ कार्तिक २०८२, शनिबार १५:३१

काठमाडौँ। आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईमा जारी एकदिवसीय शृङ्खलामा नेपालले अमेरिकालाई २७२ रनको लक्ष्य दिएको छ ।

दुबईस्थित आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा अलआउट हुँदै २७१ रन जोड्यो ।

नेपालका दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ७५ रनको योगदान दिए । यस्तै, करण केसीले ४९, कुशल भुर्तेलले ४७, भिम सार्कीले ४३, रोहित पौडेलले ३६ रनको योगदान दिए ।

बलिङतर्फ अमेरिकाका हरमित सिंहले तीन, सौरभ नेत्रवल्कर र नोस्थुक केन्जिगेले दुई–दुई तथा जसदिप सिंह र शुभम रन्जानेले एक–एक विकेट लिए ।

जारी शुङ्खलामा नेपालले खेलेका दुवै खेलमा पराजित भएको छ । नेपाल पहिलो खेलमा अमेरिकासँग १०६ रन र दोस्रो खेलमा यूएईसँग पाच विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्