Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी

२६ कार्तिक २०८२, मंगलवार २२:०२

बैतडी। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पञ्चकोटी क्रिकेट क्लब विजयी भएको छ । पञ्चकोटीले  कालाशैनी क्रिकेट क्लबलाई २०६ रनले जितेको हो ।

जितका लागि २८३ रनको लक्ष्य पछ्याएको कालाशैनीको पारी १७ दशमलव ३ ओभरमा ७६ रनमा समेटियो । उसका लागि दिनेश चन्दले अविजित ३४ रन जोडे । बलिङतर्फ पञ्चकोटीका कमल बुडालले ४ विकेट लिए ।

यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा पहिला ब्याटिङ गरेको पञ्चकोटीले ३६ ओभरमा सवै विकेट गुमाउँदै २८२ रन बनायो । उसका लागि लोकेन्द्र चन्द र जीवन कार्कीले अर्धशतकीय पारी खेले । लोकेन्द्रले  ९३ र जीवनले ६४ रनको योगदान दिए ।

यस्तै सुदीप कार्कीले अविजित ३४ रन बनाए ।  लोकेन्द्रलाई प्लेयर अफ दी म्याच घोषित गरिएको स्कोरर दीपेन्द्रबहादुर बोहराले बताए । बलिङतर्फ कालाशैनीका पङ्कज चन्द र टेकेन्द्र चन्दले चार चार विकेट लिए ।

बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा यही कात्तिक २१ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा १२ टोली सहभागी छन् । आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको विजेताले रु एक लाख र उपविजेताले रु ५० हजार पुरस्कार पाउने सङ्घका सचिव सिद्धराज बोकटीले जानकारी दिए । प्रतियोगिताबाट प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटका लागि खेलाडी छनोट गरिने सङ्घका जिल्ला अध्यक्ष विनोदबहादुर चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस्