Trending
नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |     क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने     |     सन्नी देओलको आग्रह– “धरमजीको स्वास्थ्य स्थिर छ, अफवाह नफैलाऔँ”     |     ह्वात्तै बढ्यो सुनको मूल्य     |     कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै     |     कस्तो रहला आज दिनभरको मौसम     |    
खेलकुद

महिला क्रिकेट टोली भारत प्रस्थान

२६ कार्तिक २०८२, मंगलवार २२:११

दोधारा चाँदनी। नेपाल महिला राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान गरेको छ।

उत्तराखण्ड क्रिकेट एशोसिएसनको आयोजनामा यही कात्तिक २७ गतेदेखि मङ्सिर ३ गतेसम्म भारतको देहरादुनमा स्थानीय टोलीसँग मैत्रीपूर्ण खेल खेल्न उक्त टोली भारत प्रस्थान गरेको हो।

महिला टोलीलाई जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरले आज यहाँ एक कार्यक्रमबीच बिदाइ गरेको हो।

देहरादुनमा हुने सो प्रतियोगितामा नेपालले भारतको राजस्थान, पश्चिमबङ्गाल र उत्तराखण्डसँग ६ खेल खेल्ने तालिका रहेको नेपाल क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष एवं क्यानका केन्द्रिय सदस्य वीरेन्द्रबहादुर चन्दले जानकारी दिए।

उनका अनुसार नेपालले पहिलो खेल कात्तिक २७ गते राजस्थानविरुद्ध खेल्नेछ। यस्तै, कात्तिक २८ गते उत्तराखण्डसँग, कात्तिक २९ गते पश्चिमबङ्गालसँग, आगामी मङ्सिर १ गते राजस्थानसँग, मङ्सिर २ गते उत्तराखण्डसँग र अन्तिम खेल मङ्सिर ३ गते पश्चिम बङ्गालविरुद्ध खेल्ने छ।

‘विश्वकप क्रिकेट छनोटको तयारीका लागि महिला टोली भारत गएको हो, यो प्रतियोगिताबाट खेलाडीको क्षमता बढ्ने छ,’ उनले भने।

टोलीमा कप्तान इन्दु बर्मा, कविता कुँवर, साना परविन, रुबिवना क्षेत्री, अलिशा यादव, ईश्वरी विष्ट, रोमा थापा, अश्मिना कर्माचार्य, सवनम राई, विन्दु रावल, पूजा महतो, लक्ष्मी साउद, मनीषा उपाध्याय, सीमाना केसी र ममता चौधरी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्