Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

एनपीएलमा पोखरा एभेन्जर्ससँग जोडियो एप्पल सेक्युरिटिज

१ मंसिर २०८२, आईतवार १७:४८

काठमाडौं। मंसिर १ गतेबाट सुरु हुने नेपाल प्रिमियर लिगका लागि फ्रेन्चाइज टिम पोखरा एभेन्जर्स र एप्पल सेक्युरिटीजबीच सहकार्य सम्झौता भएको छ ।

एप्पल सेक्युरिटीज ब्रोकर नम्बर १०१ पोखराको सेयर ब्रोकर पार्टनरका रुपमा आबद्ध भएको हो । एक कार्यक्रमबीच पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठी र एप्पल सेक्युरिटीजका सिइओ भावना लिम्बुबीच औपचारिक हस्ताक्षर भएको छ ।

यो सम्झौता नेपाली क्रिकेट तथा समग्र खेलकुदको विकासतर्फ एक महत्त्वपूर्ण र ऐतिहासिक कदमका रूपमा हेरिएको छ ।

एप्पल सेक्युरिटीजकी अध्यक्ष ऋचा मिश्रको समेत उपस्थिती रहेको सम्झौता कार्यक्रममा क्रिकेटको विकासका लागि यो सहकार्य गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्