Trending
पोखरालाई विराटनगरको ऐतिहासिक लक्ष्य, तोड्यो आफ्नै रेकर्ड     |     विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने     |     चितवन राइनोजसँग कर्णाली याक्स पराजित     |     प्रधानमन्त्री कार्कीसँग कांग्रेसका युवा नेताहरुको भेट     |     जेनजी प्रदर्शनका क्रममा तोडफोडमा संलग्न थप पाँच पक्राउ     |     लमजुङ सेवा समिती हङकङद्वारा पहिलो भलिबल प्रतियोगिता सम्पन्न     |     मौलाकाली केबलकार पुनःसञ्चालनमा     |     कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य     |     आज चितवन राइनोज र कर्णाली याक्स तथा विराटनगर किङ्स र पोखरा एभेन्जर्स भिड्दै     |     सुनको मूल्य घट्यो     |    
खेलकुद

कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य

३ मंसिर २०८२, मंगलवार १४:५७

काठमाडौं। प्रियांक पञ्चालको सानदार ब्याटिङसँगै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६६ रन बनाएको हो।

कर्णालीका प्रियांक डेब्यु खेलमा शतकनजिक पुगेर चुके। ४८ बल खेलेका ओपनरले ७ चौका र ६ छक्कासहित ९० रन बनाए। जारी प्रतियोगितामा यो दोस्रो अर्धशतक हो। यसअघि उद्घाटन खेलमा काठमान्डु गोर्खाजविरुद्ध साबिक विजेता जनकपुर बोल्ट्सका ओपनर आसिफ शेखले पहिलो अर्धशतक बनाएका थिए।

म्याक्स ओ’ डाउड २० र मार्क वार्ट १६ रनमा आउट हुँदा पवन सर्राफले २७ र नजिबुल्लाह जद्रानले अविजित रहँदै ४ रन थपे। चितवनका सैफ जैब, सोहेल तान्भिर र रवी बोपाराले समान १ विकेट हात पारे।

प्रतिक्रिया दिनुहोस्