Trending
पोखरालाई विराटनगरको ऐतिहासिक लक्ष्य, तोड्यो आफ्नै रेकर्ड     |     विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने     |     चितवन राइनोजसँग कर्णाली याक्स पराजित     |     प्रधानमन्त्री कार्कीसँग कांग्रेसका युवा नेताहरुको भेट     |     जेनजी प्रदर्शनका क्रममा तोडफोडमा संलग्न थप पाँच पक्राउ     |     लमजुङ सेवा समिती हङकङद्वारा पहिलो भलिबल प्रतियोगिता सम्पन्न     |     मौलाकाली केबलकार पुनःसञ्चालनमा     |     कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य     |     आज चितवन राइनोज र कर्णाली याक्स तथा विराटनगर किङ्स र पोखरा एभेन्जर्स भिड्दै     |     सुनको मूल्य घट्यो     |    
खेलकुद

आज चितवन राइनोज र कर्णाली याक्स तथा विराटनगर किङ्स र पोखरा एभेन्जर्स भिड्दै

३ मंसिर २०८२, मंगलवार १२:०१

काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन्।

त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा आज बिहान ११ः४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दा दोस्रो खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन्। चारवटै टोलीको लक्ष्य सुखद् सुरुआत गर्ने हुनेछ।

चितवन कुशल मल्लका कप्तानीमा मैदान उत्रिँदा कर्णालीको नेतृत्व सोमपाल कामीले गर्नेछन्। विराटनगरको नेतृत्व सन्दीप लामिछानेले सम्हाल्दा पोखराको कप्तान कुशल भुर्तेल रहनेछन्।

यसअघि सोमबार सम्पन्न खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएर काठमाडौँ गोर्खाजले सुखद सुरुआत गरेको छ। जितसँगै काठमाडौँले अङ्कतालिकामा दुई अङ्क पनि जोड्यो।

नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा यही मङ्सिर १ गतेदेखि सुरु प्रतियोगिताको फाइनल मङ्सिर २७ मा हुनेछ। प्रतियोगिताका विजेताले रु एक करोड १० लाख पाउने क्यानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्