Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

लमजुङ सेवा समिती हङकङद्वारा पहिलो भलिबल प्रतियोगिता सम्पन्न

३ मंसिर २०८२, मंगलवार १५:११

हङकङ। हङकङ।लमजुङ सेवा समिती हङकङले आयोजना गरेको पहिलो पुरुष–महिला खुला भलिबल प्रतियोगिता तथा सांस्कृतिक BBQ कार्यक्रम नेपाली समुदायको उत्साहपूर्ण उपस्थिति बीच भव्य रूपमा सम्पन्न भएको छ।व्यस्त शहर हङकङमा नेपाली समुदायबीच खेलकुदप्रतिको उच्च जोश र सहभागिता कार्यक्रमभरि देखिएको आयोजकले जनाएको छ।

महिला तर्फ :लमजुङ कप २०२५’पर्वत क्लबलाई

महिला समूहमा योधा क्लब,आधिखोला स्याङ्जा,पुन क्लब हङकङ, हलेसी क्लब हङकङ,घान्द्रुक क्लब,लमजुङ सेवा समिती तथा पर्वत क्लब हङकङ गरी सात टोलीबीच प्रतिस्पर्धा भएको थियो।

रोमाञ्चक फाइनल भिडन्तमा पर्वत क्लबले आधिखोला स्याङ्जा हङकङलाई हराउँदै उपाधि हात पार्न सफल भयो।

पुरुष तर्फ : घान्द्रुक क्लब हङकङ च्याम्पियन

पुरुष समूहमाअन्तर्गत पुन क्लब हङकङ, लमजुङ सेवा समिती, हलेसी क्लब हङकङ, मकाउ लमजुङ, आधिखोला स्याङ्जा, घान्द्रुक क्लब, पर्वत क्लब र बागलुङ क्लब गरी आठ टोलीले प्रतिस्पर्धा गरे।

नेपालबाट आमन्त्रित राष्ट्रिय खेलाडीहरूको सहभागिताले यसपटकको प्रतियोगिता अझै रोचक बनेको थियो।

फाइनलमा घान्द्रुक क्लब हङकङले हलेसी क्लब हङकङलाई पराजित गर्दै उपाधि आफ्नो नाममा लेखायो।

उत्कृष्ट खेलाडी

महिला तर्फ — रसना गुरुङ (पर्वत क्लब हङकङ)

पुरुष तर्फ — सफल बि.क. (घान्द्रुक क्लब, राष्ट्रिय खेलाडी)

सेल रोटी,भुटन,लमजुङे विशेष परिकार तथा विभिन्न नेपाली स्वादका खानाले सहभागी तथा दर्शकको मन जिते।सांस्कृतिक वातावरणसँगै नेपाली समुदायबीच आत्मीयता र उत्साह झन् प्रगाढ देखियो।

कार्यक्रममा अध्यक्ष श्याम कुमार गुरुङ, सचिव ओम गुरुङ, विभिन्न सदस्य प्रतिनिधि तथा स्वयंसेवकहरूको सक्रिय सहयोग उल्लेखनीय रहेको आयोजकले बताएको छ। लम्जुङे तथा गैर-लम्जुङे नेपाली समुदायको ठूलो सहभागिता कार्यक्रममा थप ऊर्जा र अर्थपूर्णता प्रदान गर्ने खालको रह्यो।

आयोजकका अनुसार यस्तो कार्यक्रमले हङकङमा बसोबास गर्ने अन्तर्राष्ट्रिय नेपाली समुदायबीच एकता,खेलमैत्री सम्बन्ध र सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ।साथै, आगामी वर्षहरूमा अझ व्यापक र व्यवस्थित रूपमा कार्यक्रम आयोजना गर्ने योजना रहेको जानकारी समितीले दिएको छ।

प्रतिक्रिया दिनुहोस्