Trending
ईश्वर पोखरेलद्वारा एमालेको अध्यक्षमा उम्मेदवारी दिने घोषणा     |     मिराज ढङ्गाना नेतृत्वको जेन–जी समूहलाई सिंहदरबार प्रवेशमा रोक     |     एनपिएलः काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुँदै     |     एनपिएलः ‘बलिङ’मा नेपाली र ‘ब्याटिङ’मा विदेशी खेलाडी चम्किए     |     सुनको मूल्य तोलामै ५२ सय बढ्यो     |     पोखरालाई विराटनगरको ऐतिहासिक लक्ष्य, तोड्यो आफ्नै रेकर्ड     |     विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने     |     चितवन राइनोजसँग कर्णाली याक्स पराजित     |     प्रधानमन्त्री कार्कीसँग कांग्रेसका युवा नेताहरुको भेट     |     जेनजी प्रदर्शनका क्रममा तोडफोडमा संलग्न थप पाँच पक्राउ     |    
खेलकुद

एनपिएलः काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुँदै

१० मंसिर २०८२, मंगलवार १३:५४

काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिल) अन्तर्गत आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुनेछ । उक्त खेल त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा अपराह्न ४ः०० बजे सुरु हुनेछ ।

करण केसीको कप्तानीमा रहेको काठमाडौंले तीन खेल खेलेको छ । यसका दुई हार र एक खेलमा जित निकालेको थियो । काठमाडौं दुई अङ्कसहित तेस्रो स्थानमा छ ।

रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले पनि तीन खेलमध्ये एक जित निकाल्दै दुई अङ्कसहित चौथो स्थानमा छ । दुवै टोलीलाई प्लेअफ पुग्ने सम्भावना जीवित राख्न आजको खेल महत्त्वपूर्ण मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्