काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न मागसहित माग पत्र बुझाउन गएको मिराज ढुंगाना नेतृत्वको जेन–जी समूहलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको छ।
मंगलबार सिंहदरबार प्रवेश गर्न लागेका मिराज ढुंगानासहित जेन–जीलाई प्रहरीले सिंहदरबार प्रवेशमा रोकमात्र लगाएन धकेल्दै अनामनगर पुल कटाएको थियो ।
यसअघि सोमबारसमेत ढुंगानासहितको टोली प्रधानमन्त्री कार्कीलाई माग पत्र बुझाउन सिंहदरबार गएको थियो । सिंहदरबार प्रवेश गर्न नपाएपछि उक्त समूहले सिंहदरबारको दक्षिण गेटमा माग पत्र टाँसेर फर्किएको थियो