Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

काठमाण्डुद्वारा लुम्बिनीसामु १५८ रनको लक्ष्य प्रस्तुत

१० मंसिर २०८२, मंगलवार १८:१३

काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपीएल) अन्तर्गत काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्सबीचको खेल जारी छ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा काठमाण्डुले लुम्बिनीलाई १५८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङमा उत्रिएको काठमाण्डुले २० ओभरमा ८ विकेट गुमाएर १५७ रन जोड्यो । उसका लागि कप्तान करण केसीले अन्तिममा प्रतिस्पर्धात्मक लक्ष्यमा पुर्याउन टोलिलाई माथि उकासे ।

मात्र ११ बल खेलेका उनले ४ छक्का र १ चौकाको मद्दतले ३४ रनमा अविजित रहे । यस्तै, आकाश त्रिपाठीले ३२, सन्तोष यादवले २६, मिलिन्द कुमार र जेरहार्ड इरास्मसले १७–१७ रन बनाउँदा राशिद खानले १४ रन जोडे ।

बलिङतर्फ लुम्बिनीका रुवेन ट्रम्पलमान, शेर मल्ल, गुलाबदिन नइब र रोहित पौडेलले दुई–दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्