Trending
लुम्बिनीमाथि काठमाडौँको २२ रनको जित     |     काठमाण्डुद्वारा लुम्बिनीसामु १५८ रनको लक्ष्य प्रस्तुत     |     ईश्वर पोखरेलद्वारा एमालेको अध्यक्षमा उम्मेदवारी दिने घोषणा     |     मिराज ढङ्गाना नेतृत्वको जेन–जी समूहलाई सिंहदरबार प्रवेशमा रोक     |     एनपिएलः काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुँदै     |     एनपिएलः ‘बलिङ’मा नेपाली र ‘ब्याटिङ’मा विदेशी खेलाडी चम्किए     |     सुनको मूल्य तोलामै ५२ सय बढ्यो     |     पोखरालाई विराटनगरको ऐतिहासिक लक्ष्य, तोड्यो आफ्नै रेकर्ड     |     विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने     |     चितवन राइनोजसँग कर्णाली याक्स पराजित     |    
खेलकुद

काठमाण्डुद्वारा लुम्बिनीसामु १५८ रनको लक्ष्य प्रस्तुत

१० मंसिर २०८२, मंगलवार १८:१३

काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपीएल) अन्तर्गत काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्सबीचको खेल जारी छ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा काठमाण्डुले लुम्बिनीलाई १५८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङमा उत्रिएको काठमाण्डुले २० ओभरमा ८ विकेट गुमाएर १५७ रन जोड्यो । उसका लागि कप्तान करण केसीले अन्तिममा प्रतिस्पर्धात्मक लक्ष्यमा पुर्याउन टोलिलाई माथि उकासे ।

मात्र ११ बल खेलेका उनले ४ छक्का र १ चौकाको मद्दतले ३४ रनमा अविजित रहे । यस्तै, आकाश त्रिपाठीले ३२, सन्तोष यादवले २६, मिलिन्द कुमार र जेरहार्ड इरास्मसले १७–१७ रन बनाउँदा राशिद खानले १४ रन जोडे ।

बलिङतर्फ लुम्बिनीका रुवेन ट्रम्पलमान, शेर मल्ल, गुलाबदिन नइब र रोहित पौडेलले दुई–दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्