काठमाडौं। लन्डन क्लब आर्सनलले जर्मन जाइन्ट बायर्न म्युनिखलाई पराजित गरेको छ।
बिहीबार भएको च्याम्पियन्स लिगमा आर्सनलले बायर्नलाई ३-१ को गोलअन्तरले पराजित गरेको हो ।
पहिलो हाफमै खेलको २२ औं मिनेटमा जुर्रिएन टिम्बरले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए। यद्यपि, बायर्न म्युनिखले ३२ औं मिनेटमा ल्यानर्ट कार्लको गोलमार्फत खेलमा बराबरी फर्काउने प्रयास गर्यो र पहिलो हाफ १-१ को बराबरीमा टुंगियो।
दोस्रो हाफमा आर्सनल थप प्रभावशाली देखियो । खेलको ६९ औं मिनेटमा नोनी माडुकेले गोल गर्दै आर्सनललाई पुनः २-१ को अग्रता दिलाए।
७७ औं मिनेटमा ग्याब्रियल मार्टिनेलीले तेस्रो गोल थपेपछि आर्सनलको जित सुनिश्चित भयो। यो जितसँगै आर्सनलले च्याम्पियन्स लिगमा आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको छ।