Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

आर्सनलसँग बायर्न म्युनिख ३-१ ले पराजित

१२ मंसिर २०८२, बिहीबार १०:३८

काठमाडौं। लन्डन क्लब आर्सनलले जर्मन जाइन्ट बायर्न म्युनिखलाई पराजित गरेको छ।

बिहीबार भएको च्याम्पियन्स लिगमा आर्सनलले बायर्नलाई ३-१ को गोलअन्तरले पराजित गरेको हो ।

पहिलो हाफमै खेलको २२ औं मिनेटमा जुर्रिएन टिम्बरले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए। यद्यपि, बायर्न म्युनिखले ३२ औं मिनेटमा ल्यानर्ट कार्लको गोलमार्फत खेलमा बराबरी फर्काउने प्रयास गर्‍यो र पहिलो हाफ १-१ को बराबरीमा टुंगियो।

दोस्रो हाफमा आर्सनल थप प्रभावशाली देखियो । खेलको ६९ औं मिनेटमा नोनी माडुकेले गोल गर्दै आर्सनललाई पुनः २-१ को अग्रता दिलाए।

७७ औं मिनेटमा ग्याब्रियल मार्टिनेलीले तेस्रो गोल थपेपछि आर्सनलको जित सुनिश्चित भयो। यो जितसँगै आर्सनलले च्याम्पियन्स लिगमा आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको छ।

प्रतिक्रिया दिनुहोस्