Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

पहिलो जीतले टिमको मनोबल बढेको छः विपिन खत्री

१३ मंसिर २०८२, शुक्रबार ०५:५५

काठमाडौँ। पोखरा एभेन्जर्सले राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा पहिलो जीत दर्ता गराएको छ।

साविक विजेता जनकपुर बोल्ट्सलाई २५ रनले  पराजित पराजित गर्दै पोखराले प्रतियोगितामा खाता खोलेको हो। दुई हारपछि पहिलो जीत दर्ता गराएको पोखराले पहिलो दुई अङ्कसमेत जोडेको छ।

जितपछि  सञ्चारकर्मीसँग कुरा गर्दै पोखराका खेलाडी विपिन खत्रीले आजको खेलले टिमको मनोबल बढेको बताए। उनले भने, “सुरूआती दुई खेल हार्दा डर लागेको थियो। आज पहिलो जीत निकाल्दा टिमको मनोबल बढेको छ।”

टिमलाई जिताउन व्यक्तिगत रूपमा ४ विकेट हात पारेका विपिनले आगामी खेलमा पनि सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरे। उनले भने, “अझै चार खेल बाँकी छन्। ती खेलहरू जितेर प्लेअफको यात्रामा सुरक्षित हुने हाम्रो लक्ष्य छ।”

तेस्रो खेलमा पनि पराजित भए पनि जनकपुरका कप्तान अनिल शाह भने अझै प्लेअफमा पुग्नेमा आशावादी छन्। लगातारको हारले टिमको मनोबल घटेको छ। उनले भने, “अझै चार खेल बाँकी छन्, सबै खेल जितेर प्लेअफ पुग्ने लक्ष्य छ।”

प्रतिक्रिया दिनुहोस्