Trending
आज देशभरको मौसम कस्तो रहला ?     |     एनपीएल-२ : चार टोली मैदानमा उत्रने     |     पहिलो जीतले टिमको मनोबल बढेको छः विपिन खत्री     |     यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर     |     सुदूरपश्चिमको लगातार चौथो जित     |     श्रीलङ्कामा भारी वर्षा र पहिरोका कारण ३१ जनाको मृत्यु     |     लुम्बिनीले सुदूरपश्चिमलाई दियो १४४ रनको लक्ष्य     |     रेलले ठक्कर दिँदा चीनमा एघार जनाको मृत्यु     |     सुनको मूल्य घट्यो, चाँदीको बढ्यो     |     आजदेखि एक सय रुपैयाँको नयाँ नोट चलनचल्तीमा     |    
खेलकुद

एनपीएल-२ : चार टोली मैदानमा उत्रने

१३ मंसिर २०८२, शुक्रबार ०६:२९

काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज पनि दुई खेल हुँदैछन्।

त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ चितवन राइनोज र काठमाडौँ गोर्खाज तथा दोस्रो खेल अपराह्न ४ः०० कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ।

चितवन चार अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ भने काठमाडौँले खेलमा दुई अङ्क मात्र बटुलेको छ। तीन खेलबाट दुई अङ्क जोडेको कर्णालीलाई प्लेअफको यात्रालाई कायम राख्न जित्नैपर्ने दबाब छ।

अङ्क तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट छ अङ्क जोडेको छ। आजको खेल जितेमा उसको प्लेअफको यात्रा सहज हुनेछ।

प्रतिक्रिया दिनुहोस्