Trending
एनपिएल-२ मा काठमाण्डुको तेस्रो जित     |     जेनजी हत्यारा र भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै आजपाले घोषणा गर्यो आन्दोलन     |     जोन सिम्प्सन अर्धशतक बनाउने १२औँ खेलाडी     |     काठमाण्डुद्वारा चितवनसामु १४३ रनको लक्ष्य प्रस्तुत     |     आज देशभरको मौसम कस्तो रहला ?     |     एनपीएल-२ : चार टोली मैदानमा उत्रने     |     पहिलो जीतले टिमको मनोबल बढेको छः विपिन खत्री     |     यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर     |     सुदूरपश्चिमको लगातार चौथो जित     |     श्रीलङ्कामा भारी वर्षा र पहिरोका कारण ३१ जनाको मृत्यु     |    
खेलकुद

काठमाण्डुद्वारा चितवनसामु १४३ रनको लक्ष्य प्रस्तुत

१३ मंसिर २०८२, शुक्रबार १४:३०

काठमाडौँ । नेपाल प्रीमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा काठमाण्डु गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा काठमाण्डुले चितवनसामु १४३ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको काठमाण्डु १९.४ ओभरमा १४२ रनमा अलआउट भयो ।

उसका लागि जोन सिम्पसनले सर्वाधिक ६० रनको योगदान दिए । २९ बल खेलेका उनले ५ छक्का र ३ चौका प्रहार गरे । यस्तै, मिलिन्द कुमारले ३८, बेन चार्लस्वर्थले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ चितवनका शोहेल तनविर एक्लैले चार विकेट लिए भने रन्जित कुमार र कमल ऐरीले दुई–दुई तथा रवि बोपाराले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्