Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

काठमाण्डुद्वारा चितवनसामु १४३ रनको लक्ष्य प्रस्तुत

१३ मंसिर २०८२, शुक्रबार १४:३०

काठमाडौँ । नेपाल प्रीमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा काठमाण्डु गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा काठमाण्डुले चितवनसामु १४३ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको काठमाण्डु १९.४ ओभरमा १४२ रनमा अलआउट भयो ।

उसका लागि जोन सिम्पसनले सर्वाधिक ६० रनको योगदान दिए । २९ बल खेलेका उनले ५ छक्का र ३ चौका प्रहार गरे । यस्तै, मिलिन्द कुमारले ३८, बेन चार्लस्वर्थले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ चितवनका शोहेल तनविर एक्लैले चार विकेट लिए भने रन्जित कुमार र कमल ऐरीले दुई–दुई तथा रवि बोपाराले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्