Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

जोन सिम्प्सन अर्धशतक बनाउने १२औँ खेलाडी

१३ मंसिर २०८२, शुक्रबार १४:३४

काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजका जोन सिम्प्सनले अर्धशतक प्रहार गरेका छन् ।

त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा जारी चितवन राइनोजविरुद्धको खेलमा उनले २५ बलमा ५० रन पूरा गरेका हुन् ।

सिम्प्सन काठमाडौँका लागि एनपिएलको दोस्रो सिजनमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी हुन् । योसँगै जारी सिजनमा १५ अर्धशतक प्रहार भएका छन् । जसमा १२ खेलाडी सामेल छन् । सिम्प्सन अर्धशतक हिर्काउने १२औँ खेलाडी बने ।

यसअघि यसअघि चितवन राइनोजका रवि बोपराले तीन, पोखरा एभेनजर्सका कुशल भुर्तेलले दुई अर्धशतक हिर्काएका छन् ।

यस्तै सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, विराटनगर किंग्सका लोकेश बम, मार्टिन गुप्टिल, कर्णाली याक्सका प्रियान्क पन्चाल, पोखराका सुमित बर्माले, जनकपुर बोल्ट्सका वायन पार्नेल र आशिफ शेखले एक÷एक अर्धशतक हिर्काएका छन् ।

कर्णालीका मार्क वाट मात्रै जारी प्रतियोगितामा शतक हिर्काउने एक मात्र खेलाडी हुन् ।

प्रतिक्रिया दिनुहोस्