काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजका जोन सिम्प्सनले अर्धशतक प्रहार गरेका छन् ।
त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा जारी चितवन राइनोजविरुद्धको खेलमा उनले २५ बलमा ५० रन पूरा गरेका हुन् ।
सिम्प्सन काठमाडौँका लागि एनपिएलको दोस्रो सिजनमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी हुन् । योसँगै जारी सिजनमा १५ अर्धशतक प्रहार भएका छन् । जसमा १२ खेलाडी सामेल छन् । सिम्प्सन अर्धशतक हिर्काउने १२औँ खेलाडी बने ।
यसअघि यसअघि चितवन राइनोजका रवि बोपराले तीन, पोखरा एभेनजर्सका कुशल भुर्तेलले दुई अर्धशतक हिर्काएका छन् ।
यस्तै सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, विराटनगर किंग्सका लोकेश बम, मार्टिन गुप्टिल, कर्णाली याक्सका प्रियान्क पन्चाल, पोखराका सुमित बर्माले, जनकपुर बोल्ट्सका वायन पार्नेल र आशिफ शेखले एक÷एक अर्धशतक हिर्काएका छन् ।
कर्णालीका मार्क वाट मात्रै जारी प्रतियोगितामा शतक हिर्काउने एक मात्र खेलाडी हुन् ।