Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

एनपिएल-२ मा काठमाण्डुको तेस्रो जित

१३ मंसिर २०८२, शुक्रबार १५:२२

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको पहिलो खेलमा चितवन राइनोजको कमजोर ब्याटिङका कारण काठमाडौं गोर्खाजले ५३ रनको सहज जित निकालेको छ  ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १४३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको चितवन १७ ओभर २ बलमा सबै विकेट गुमाउँदै ८९ रनमा समेटिएको हो ।

चितवनको ब्याटिङ सुरुवातदेखि नै कमजोर रहको थियो । ओपनर दीपक बोहोरा पहिलो ओभरको पाँचौ बलमा रनको खाता नखोली आउट भए । दोस्रो विकेटका रुपमा ओपनर डबिड मलान ३ ओभरको पाँचौ बलमा आउट भए ।

तेस्रो विकेटका रुपमा सैफ जैब आउट भए । चौथो विकेटका रुपमा ब्याटर देव खनाल आउट भए । उनले १८ बलमा २१ रन जोडे ।

प्रतिक्रिया दिनुहोस्