काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको पहिलो खेलमा चितवन राइनोजको कमजोर ब्याटिङका कारण काठमाडौं गोर्खाजले ५३ रनको सहज जित निकालेको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १४३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको चितवन १७ ओभर २ बलमा सबै विकेट गुमाउँदै ८९ रनमा समेटिएको हो ।
चितवनको ब्याटिङ सुरुवातदेखि नै कमजोर रहको थियो । ओपनर दीपक बोहोरा पहिलो ओभरको पाँचौ बलमा रनको खाता नखोली आउट भए । दोस्रो विकेटका रुपमा ओपनर डबिड मलान ३ ओभरको पाँचौ बलमा आउट भए ।
तेस्रो विकेटका रुपमा सैफ जैब आउट भए । चौथो विकेटका रुपमा ब्याटर देव खनाल आउट भए । उनले १८ बलमा २१ रन जोडे ।