Trending
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा देशवासीका नाममा सम्बोधन     |     प्रधानमन्त्री बालेन शाह शीतल निवासमा     |     विश्वकप क्रिकेट लिग–२ः नेदरल्यान्ड्सद्वारा नेपाललाई २२६ रनको लक्ष्य     |     सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन     |     रास्वपा वरिष्ठ नेतामा बालेन शाह मनोनीत     |     मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित     |     कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा पदभार ग्रहण     |     महिला कबड्डी टोलीले पनि एसियाडको तयारी भारतमै गर्ने     |     सिड्नीमा ‘मालती मंगले’को ओभरफ्लो शो, सांगीतिक माहोलमा गुन्जिए रामकृष्ण ढकाल     |     चलचित्र ‘पञ्चमी’ निर्माणको घोषणा     |    
खेलकुद

एनपीएलमा जनकपुरको पहिलो जित

१७ मंसिर २०८२, मंगलवार १५:२३

काठमाडौँ। माज सदाकत र अनिलकुमार साहको अर्धशतकीय पारीसँगै जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ। योसँगै जनकपुरले प्लेअफको सम्भावनालाई कायमै राखेको छ।

मंगलबार सम्पन्न आफ्नो पाँचौँ खेलमा जनकपुरलले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो। चितवनले दिएको १७७ रनको लक्ष्य पछ्याएको जनकपुरले १७.३ ओभरमा चार विकेट गुमाउँदै १८० रन बनायो।

जितसँगै जनकपुरले अंक तालिकामा दुई अंक जोडेको छ। यता, चितवनले भने तेस्रो हार बेहोर्दै पाँच खेलबाट चार अंक बनाएको छ।

अब जनकपुरले लुम्बिनी लायन्स र कर्णाली याक्ससँग खेल्ने छ। प्लेअफमा पुग्न बाँकी खेलमा पनि जनकपुरले फराकिलो जित निकाल्नुपर्ने छ।

आजको खेलमा जनकपुरका ओपनर सदाकतले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ६३ रन बनाए। ३० बल खेलेका उनले ६ चौका र चार छक्का प्रहार गरे। अनिलले ३६ बलमा चार चौका र तीन छक्का प्रहार गर्दै ६१ रनको योगदान दिए।

यी दुईको जारी प्रतियोगितामा पहिलो अर्धशतक हो। यीबाहेक आसिफ शेख १८ र जान निकोल लोफ्टी–इटन ११ रनमा आउट हुँदा आदित्य महता १८ र सञ्जय कृष्णमुर्ति पाँच रनमा अविजित रहे।

चितवनका सोहिल तन्विर, कमलसिंह ऐरी र अमर रौटेलाले समान एक विकेट लिए। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १७६ रन बनाएको थियो।

चितवनका ओपनर डाभिड मलानले सर्वाधिक ८० रन बनाए। ५४ बल खेलेका उनले आक्रामक ब्याटिङ गर्दै चार चौका र पाँच छक्का प्रहार गरे। जारी प्रतियोगितामा उनको यो पहिलो अर्धशतक हो।

अर्जुन साउदले उनीसँग पहिलो विकेटका लागि ११२ रनको विशाल साझेदारी गरेका थिए। अर्जुनले ३९ बलमा चार चौका र तीन छक्कासहित ५२ रन बनाए। उनको पनि जारी प्रतियोगितामा पहिलो अर्धशतक हो। कप्तान कुशल मल्लले अविजित ३० रन बनाउँदा अन्यको ब्याट चल्न सकेन।

जनकपुरका अनिलकुमार साह, रूपेश सिंह, जान निकोल लोफ्टी–इटन र माज सदाकतले समान एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्