Trending
नेपाल चाइनिज ताइपेसँग पराजित     |     एनपिएल : कर्णाली बाहिरियो, पोखराको दोस्रो जित     |     एनपीएलमा जनकपुरको पहिलो जित     |     चितवनद्वारा जनकपुरलाई १७७ रनको लक्ष्य     |     नेपाल र चिनियाँ ताइपेइबीच प्रतिस्पर्धा हुँदै     |     आज चितवन र जनकपुर, पोखरा र कर्णाली भिड्दै     |     बङ्गालको खाडीको न्यून चापीय प्रणालीको आंशिक प्रभाव     |     एनपिएल-२ मा काठमाण्डुको तेस्रो जित     |     जेनजी हत्यारा र भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै आजपाले घोषणा गर्यो आन्दोलन     |     जोन सिम्प्सन अर्धशतक बनाउने १२औँ खेलाडी     |    
खेलकुद

एनपिएल : कर्णाली बाहिरियो, पोखराको दोस्रो जित

१७ मंसिर २०८२, मंगलवार २०:३६

काठमाडौँ। कर्णाली याक्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) बाट बाहिरिने पहिलो टोली बनेको छ ।

आज पोखरा एभेन्जर्ससँग ३४ रनले पराजित भएसँगै कर्णाली एक खेल अगावै बाहिरिएको हो । कर्णालीले छ खेलबाट दुई अङ्क मात्रै जोडेको छ । पोखराले भने पाँच खेलबाट चार अङ्क पुर्‍याएको छ ।

जितका लागि पाएको २०२ रनको बिशाल लक्ष्य पछ्याएको कर्णाली १९ ओभरमा १६७ रनमा समेटियो । उसका मार्क वाटले सर्वाधिक ५९ रन हिर्काए पनि जितका लागि पर्याप्त हुन सकेन ।

पोखराका रिसी धवनले सर्वाधिक ३ विकेट झारे । यसअघि त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २०१ रन बनायो ।

यो जारी सिजनको दोस्रो उच्च स्कोर पनि हो । यसअघि विराटनगर किङ्ग्सले पोखराविरूद्ध नै २२० रन हिर्काएको थियो । जुन एनपिएल इतिहासमै उच्च हो । पोखराका लागि यो स्कोर खडा गर्नमा एडम रोसिङटनले अविजित शतकीय पारी खेल्दै १०८ रनको योगदान गरे ।

यस्तै जेशन रोयले ४६, धनन्जय लक्षनले अविजित २३, कप्तान कुशल भुर्तेलले १८ रन जोडे । कर्णालीका नन्दन यादव र मार्क वाटले १/१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्