Trending
नेपाल चाइनिज ताइपेसँग पराजित     |     एनपिएल : कर्णाली बाहिरियो, पोखराको दोस्रो जित     |     एनपीएलमा जनकपुरको पहिलो जित     |     चितवनद्वारा जनकपुरलाई १७७ रनको लक्ष्य     |     नेपाल र चिनियाँ ताइपेइबीच प्रतिस्पर्धा हुँदै     |     आज चितवन र जनकपुर, पोखरा र कर्णाली भिड्दै     |     बङ्गालको खाडीको न्यून चापीय प्रणालीको आंशिक प्रभाव     |     एनपिएल-२ मा काठमाण्डुको तेस्रो जित     |     जेनजी हत्यारा र भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै आजपाले घोषणा गर्यो आन्दोलन     |     जोन सिम्प्सन अर्धशतक बनाउने १२औँ खेलाडी     |    
खेलकुद

नेपाल चाइनिज ताइपेसँग पराजित

१७ मंसिर २०८२, मंगलवार २१:३५

इन्डोनेसिया। अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली चाइनिज ताइपेसँग पराजित भएको छ ।

इन्डोनेसियाको योग्यकर्तास्थित मागुवोहर्जो रङ्गशालामा आज सम्पन्न खेलमा नेपाली टोली चाइनिज ताइपेसँग १–० गोलले पराजित भएको हो । खेलको दोस्रो हाफमा नेपालविरुद्ध गोल भएको हो ।

चाइनिज ताइपेको लागि हुङ के सिनले निर्णायक गोल गोल गरिन् । उनले खेलको ५३ औँ मिनेटमा गोल गर्दै आफ्नो टोलिको जित सुनिश्चित गरिन् । फिफा महिला फुटबलको वरियतामा चाइनिज ताइपे ४२ औँ स्थानमा रहँदा नेपाल ८९ औँ स्थानमा रहेको छ ।

यस त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा नेपाल इन्डोनेसियासँग २–१ गोलअन्तरले पराजित भएको थियो । त्यस्तै चाइनिज ताइपेले इन्डोनेसियालाई ५–० गोलअन्तरले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्